५ चैत्र २०८२, बिहिबार | March 20, 2026

प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सम्बोधन अघि दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने कार्यतालिका तय गरिएको छ ।

‘जेनजी’ आन्दोलनपछि गठित अन्तरिम सरकारको नेतृत्व गरिरहेकी कार्कीले पहिलो पटक राष्ट्रलाई सम्बोधन गर्न लागेकी हुन् । गत भदौ २७ गते पूर्वप्रधानन्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनकै पृष्ठभूमिमा बनेको अन्तरिम सरकारले प्रतिनिधिसभा विघटन गर्दै आगामी फागुन २१ गते निर्वाचनको घोषणा गरिसकेको छ । कार्की नेतृत्वको सरकारको प्राथमिक कार्यभार भने निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नु हो ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ६ : ५० बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको