६ माघ २०८२, मंगलबार | January 21, 2026

वीरगञ्ज भन्सारका यार्डमा १७९ सवारीसाधन थन्किए



पर्सा । वीरगञ्ज भन्सार कार्यालय मातहतका एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहमा १७९ चार पाङ्ग्रे सवारीसाधन थन्किएका छन् । वीरगञ्ज भन्सार कार्यालयका अनुसार ती सवारीसाधन भन्सार जाँचपास नभएर थन्किएका हुन् ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीले एकीकृत जाँचचौकीमा ७५ वटा चारपाङ्ग्रे र सुक्खा बन्दरगाह भन्सार कार्यालयमा १०४ थान चार पाङ्गे सवारीसाधन भन्सार जाँचपासको प्रक्रियामा रहेका जानकारी दिए ।

‘आयातकर्ताले चाडपर्व लक्षित गरेर चार पाङ्ग्रे सवारीसाधनको जाँचपास प्रक्रिया अघि बढाउँदै आएका छन्,’ उनले भने, ‘भन्सारको यार्डमा रहेका सवारीसाधन क्रमशः भन्सार जाँचपासको प्रक्रियामा अघि बढ्नेछन् ।’

कार्यालयका अनुसार सुक्खा बन्दरगाहमा रहेका करिब २० वटा चार पाङ्ग्रे सवारीसाधनको भन्सार जाँचपास प्रक्रिया अघि बढिसकेको छ भने एकीकृत जाँचचौकीमा रहेका सवारीसाधनको पनि आवश्यक प्रक्रिया अघि बढेको छ ।

वीरगञ्ज नाका हुँदै चालु आवको दुई महिनामा सात अर्ब १६ लाख मूल्य बराबरको सवारीसाधन तथा पार्टपुर्जा आयात भएका छन् ।

गत आवको दुई महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने एक अर्ब ७५ करोड बढी मूल्यका सवारीसाधन र त्यसमा प्रयोग हुने सामग्री (पार्टपूर्जा) आयात भएका हुन् ।

गत आवको दुई महिनामा पाँच अर्ब २५ करोड मूल्यका सवारीसाधन तथा सामग्री आयात भएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ८ : १४ बजे

बुधबार (भोलि) बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारका विरुद्ध उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत प्रत्यक्षतर्फको निर्वाचनका लागि मंगलबार उम्मेदवारी

प्रतिनिधिसभा सदस्य निर्वाचन : सबैभन्दा बढी रुपन्देही र सबैभन्दा कम मुस्ताङमा उम्मेदवारी दर्ता

काठमाडौँ । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

बाँकेमा ६० जनाको उम्मेदवारी दर्ता, नेकपाका १ जनासहित २ जनाको दर्ता पेण्डिङमा (सूचीसहित)

नेपालगन्ज । ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेका तीनवटा क्षेत्रमा

भारतले नेपाल सरकारलाई दियो ६१ वटा गाडी उपहार

काठमाडौं । निर्वाचन प्रयोजनका लागि नेपाललाई भारत सरकारले आज ६१

मतदान गर्न पाउने अभेद्य अधिकार स्थापित हुने वातावरण बन्यो : कावा प्रमुख निर्वाचन आयुक्त

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आज देशभरका