५ चैत्र २०८२, बिहिबार | March 20, 2026

तोडफोड र आगजनीबाट ध्वस्त बाँकेका ३ कार्यालय रेडजोनमा



नेपालगन्ज । जेन-जी आन्दोलनको क्रममा बाँकेमा तोडफोड र आगलागी गरिएका मध्य ३ वटा कार्यालयको भवन काम नलाग्ने अवस्था पुगेको छ । गत भाद्र २४ पछि भएको तोडफोड र अगजनीबाट बाँकेको नेपालगन्ज स्थित भूमी सुधार तथा मालपोत कार्यालय र आन्तरिक राजश्व कार्यालय, नेपालगन्जको एउटा भवन र कोहलपुर सिथ्त राजश्व अनुसन्धन कार्यालयको भवन काम नलाग्ने अवस्थामा पुगेको हो ।

एक दशक अघि बनाइएका करोडौका यी भवनलाई रेड जोनमा राखिएको सहरी विकास तथा भवन कार्यालय नेपालगन्जले जनाएको छ । रेड जोनमा परेका कार्यालय भवनलाई पूर्णरुपमा पुनः निर्माण गर्न सिफारिस भएको सहरी विकास तथा भवन कार्यालय नेपालगन्जका प्रमुख राम आश्रय साहले बताए ।

साहका अनुसार भदौ २४ गतेपछि भएको प्रदर्शनका क्रममा आगजनी भएका जिल्ला प्रशासन, उच्च अदालत, जिल्ला अदालत, भन्सार, नापी, यातायात र आन्तरिक राजश्वको एउटा भवन एललो जोनमा परेको छ । त्यसैगरि उच्च सरकारी वकील कार्यालय र कृषि ज्ञान केन्द्र ग्रीन जोनमा परेको इन्जिनीयर साहले बताए ।

प्रदर्शनका क्रममा राजश्व कार्यालय, कोहलपुर, नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, एमाले र काँग्रेस पार्टी कार्यालय, कोहलपुरका मेयरको घरलगायत सरकारी तथा निजी भवनमा तोडफाड, आगजनी र लुटपाट गरिएको थियो ।

रेडजोनमा परेका भवनहरु पूर्णरुपमा पुनः निर्माण गर्न सकिने, एल्लोजोनमा परेका भवनहरु मरमत सम्हामर गरि संचालन गर्न सकिने र ग्रीनजोनमा परेका भवनहरु तत्कालै संचालन गर्न सकिने भवन कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ११ : ०७ बजे

कक्षाभरि झुसिल्किरा : शिक्षक र विद्यार्थी जीउ कन्याउँदै हैरान

गोरखा । बारपाक सुलिकोट गाउँपालिका–३ खारचोक भञ्ज्याङस्थित अकला आधारभूत विद्यालयका

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको