६ आश्विन २०८३, मंगलबार | September 22, 2026

सरकारले छ महिनाभित्र निर्वाचन गराउने दायित्व लिएको छ : प्रधानमन्त्री कार्की



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा पहिलो सम्बोधन गर्दै नेपाली जनताले चाहेअनुसार शासकीय प्रणालीमा परिवर्तन र सुशासनको अपेक्षा पूर्तिसहित छ महिनाभित्र निर्वाचन गराउने आफ्नो दायित्व भएको बताएकी छिन ।

गत भदौ २३ र २४ गतेको जेनजी समूहको आन्दोलन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा भदौ २७ गते निर्वाचन गराउने जिम्मेवारीसहित आन्तरिक सरकार गठन भएको थियो । सरकार गठनपछि प्रधानमन्त्री कार्कीले आज सिंहदरबारबाट पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गरेकी हुन ।

उनको सम्बोधनअघि विस्तारित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा सम्पन्न भएको थियो । तोकिएको मिति आगामी फागुन २१ गते स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार कटिबद्ध रहेको उनको भनाइ थियो ।

उनले विदेशमा रहेका नेपाली मतदातालाई मतदात गराउने उपायको समेत खोजी गरिरहेको जानकारी दिए । उनले उत्साहका साथ निर्वाचनमा भाग लिइ युवापुस्ताको मागबमोजिम योग्य व्यक्तिलाई निर्वाचित गराउन सबैलाई आग्रह गरिन ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ६ : ३३ बजे

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न