काठमाडौं । अरनिको राजमार्गमा दूध संकलन गर्ने भ्यान दुर्घटना हुँदा चालक बेपत्ता भएका छन्।
प्रहरीका अनुसार सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित सडक खण्डबाट आज बिहान करिब ५स्२० बजे बा १२ च ६५९४ नम्बरको मारुती मिनी डेलिभरी भ्यान करिब ५० मिटर तल सुनकोशी नदीमा खसेको हो।
उक्त गाडी पनौती नगरपालिका–१०, पस्थलीका करिब २२–२३ वर्षका नवराज खुलालले चलाएका थिए।
चौतारा साँगाचोकगढी–१०, सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलनका लागि सुकुटेबाट खाडिचौरतर्फ गइरहेको भ्यानमा चालक मात्र रहेको प्रहरीले जनाएको छ ।


















प्रतिक्रिया