८ पुस २०८२, मंगलबार | December 24, 2025

गृहमन्त्रीबाट राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्न निर्देशन



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्नका लागि राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्नुपर्ने बताएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुगमन पछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका हुन् । ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो । त्यस्तो अब हुँदैन ।’ मन्त्री अर्यालले भने ।

कतिपय अपराध अनुसन्धानमा, आर्थिक अपराध अनुसन्धानमा, वित्तीय अपराध अनुसन्धान लगायत भ्रष्टाचारका विषयवस्तुहरुमा यसअघि अवरोध आइरहेको जिकिर गर्दै उनले त्यो अवरोध अब यो सरकारले फुकाउनुपर्ने बताए । उनले सोही बमोजिमको निर्देशनहरु प्रहरी अधिकारीहरुलाई दिएको जानकारी दिए ।

यो सरकारको म्यान्डेट नै सुशासन भएको जनाउँदै गृहमन्त्री अर्यालले सुशासनविना शान्ति सुरक्षा हुन नसक्ने बताए । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र इलेक्नस गर्न पनि नसकिने उनको भनाई छ ।

जेनजी युवाको प्रदर्शनको क्रममा गत भदौ २४ गते महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा पनि क्षति पुगेको थियो । त्यसको अवलोकनपछि उनले अपराध अनुसन्धानको क्रममा रोकिएका फाइलहरु खुल्ने बताएका हुन् ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १२ : २७ बजे

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर

यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक

कास्की । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित व्यवहार गर्ने ट्याक्सी

बुटवलको मेलामा विषादी बहस : घरघरका भान्छामा विष पाक्दै, नियामक निकाय मुकदर्शक

बुटवल । नियामक निकाय कमजोर भएकाले हरेका उपभोक्ताको भान्छामा विष

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना