५ आश्विन २०८३, सोमबार | September 22, 2026

गृहमन्त्रीबाट राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्न निर्देशन



काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले शान्ति सुरक्षा र सुशासन कायम गर्दै आगामी चुनाव सम्पन्न गर्नका लागि राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्नुपर्ने बताएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) को अनुगमन पछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्री अर्यालले राजनीतिक कनेक्सनका आधारमा रोकिएका अनुसन्धानका सबै फाइल खोल्ने बताएका हुन् । ‘पोलिटिकल कनेक्सनका आधारमा जे कुरा रोकिएको थियो, जे कुरा बिथोलिएको थियो । त्यस्तो अब हुँदैन ।’ मन्त्री अर्यालले भने ।

कतिपय अपराध अनुसन्धानमा, आर्थिक अपराध अनुसन्धानमा, वित्तीय अपराध अनुसन्धान लगायत भ्रष्टाचारका विषयवस्तुहरुमा यसअघि अवरोध आइरहेको जिकिर गर्दै उनले त्यो अवरोध अब यो सरकारले फुकाउनुपर्ने बताए । उनले सोही बमोजिमको निर्देशनहरु प्रहरी अधिकारीहरुलाई दिएको जानकारी दिए ।

यो सरकारको म्यान्डेट नै सुशासन भएको जनाउँदै गृहमन्त्री अर्यालले सुशासनविना शान्ति सुरक्षा हुन नसक्ने बताए । शान्ति सुरक्षा भएन भने ६ महिनाभित्र इलेक्नस गर्न पनि नसकिने उनको भनाई छ ।

जेनजी युवाको प्रदर्शनको क्रममा गत भदौ २४ गते महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा पनि क्षति पुगेको थियो । त्यसको अवलोकनपछि उनले अपराध अनुसन्धानको क्रममा रोकिएका फाइलहरु खुल्ने बताएका हुन् ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  १२ : २७ बजे

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न