४ चैत्र २०८२, बुधबार | March 18, 2026

सेभेन ए साईड मैत्रीपूर्ण फुटबलमा नेपाल पत्रकार महासंघ रुपन्देही विजयी



बुटवल । विजयादशमीको अवसरमा जी-ट्वान्टी फाईभ क्लब, बुटवलले आयोजना गरेको उपमहानगर वडास्तरीय सेभेन ए साईड भेट्रान फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार फाइनल खेलअघि दुई मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहान भएको मैत्रीपूर्ण खेलमा नेपाल पत्रकार महासंघ रुपन्देही विजयी रह्यो । महासंघले शैक्षिक परामर्शदाता व्यवसायी रुपन्देहीलाई १-० गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो हाफमा डि.बी. सुस्लिङले गरेको गोल नै निर्णायक बन्यो ।

त्यसैगरी आयोजक जी ट्वान्टी फाईभ क्लब, बुटवल र बैंकरहरूको समूहबीच भएको खेलमा आयोजक टोली २-१ ले विजयी बन्यो । खेलपछि एक कार्यक्रममा सहभागी टोलीलाई आयोजक क्लबका अध्यक्ष जगदिश न्यौपाने र खेल संयोजक रमेश कुमार जोशीसहितको उपस्थितिमा पुरस्कृत गरिएको थियो ।

भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल शुक्रबार अपराह्न ३ बजेदेखि हुनेछ । उपाधिका लागि बुटवल-६ र बुटवल-११ आमनेसामने हुनेछन् । विजेताले उपाधिसहित नगद ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक अध्यक्ष न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  २ : १२ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड