१७ माघ २०८२, शनिबार | January 31, 2026

सेभेन ए साईड मैत्रीपूर्ण फुटबलमा नेपाल पत्रकार महासंघ रुपन्देही विजयी



बुटवल । विजयादशमीको अवसरमा जी-ट्वान्टी फाईभ क्लब, बुटवलले आयोजना गरेको उपमहानगर वडास्तरीय सेभेन ए साईड भेट्रान फुटबल प्रतियोगिताअन्तर्गत शुक्रबार फाइनल खेलअघि दुई मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

बुटवलस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा बिहान भएको मैत्रीपूर्ण खेलमा नेपाल पत्रकार महासंघ रुपन्देही विजयी रह्यो । महासंघले शैक्षिक परामर्शदाता व्यवसायी रुपन्देहीलाई १-० गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो हाफमा डि.बी. सुस्लिङले गरेको गोल नै निर्णायक बन्यो ।

त्यसैगरी आयोजक जी ट्वान्टी फाईभ क्लब, बुटवल र बैंकरहरूको समूहबीच भएको खेलमा आयोजक टोली २-१ ले विजयी बन्यो । खेलपछि एक कार्यक्रममा सहभागी टोलीलाई आयोजक क्लबका अध्यक्ष जगदिश न्यौपाने र खेल संयोजक रमेश कुमार जोशीसहितको उपस्थितिमा पुरस्कृत गरिएको थियो ।

भेट्रान फुटबल प्रतियोगिताको फाइनल खेल शुक्रबार अपराह्न ३ बजेदेखि हुनेछ । उपाधिका लागि बुटवल-६ र बुटवल-११ आमनेसामने हुनेछन् । विजेताले उपाधिसहित नगद ५५ हजार ५५५ रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले २५ हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक अध्यक्ष न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  २ : १२ बजे

स्थानीय र प्रदेश निर्वाचनअघि कांग्रेसको १५ औँ महाधिवेशन हुन्छ : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह

म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना

बालेन साहको घरमा तोडफोड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ

बाँझो जमिन उपयोग गरेर फलाइयो तिते फापर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक