१५ माघ २०८२, बिहिबार | January 29, 2026

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक जारी : नेताहरुबाट जवाफ दिनेक्रम सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको सातौं पूर्ण बैठकको दोस्रो दिन आज प्रज्ञा भवन, कमलादीमा बैठक जारी रहेको छ। बैठकमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक तथा संगठनात्मक प्रस्ताव, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका पूरक प्रस्तावहरू माथि छलफल चलिरहेको माओवादीले जनाएको छ ।

तीनवटै प्रस्तावमाथि विभिन्न १० वटा टोली बनाएर छलफल भएको र अहिलेसम्ममा टोली नेताहरूले धारणा राखेका छन् । बैठकमा बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीहरुले धारणा राख्नेक्रम पनि सकिएको छ ।

बैठकमा आफ्नो छुट्टै प्रस्ताव राख्ने जनार्दन शर्माले १० वटा टोलीका नेताहरूले धारणा र अन्य पदाधिकारीले उठाएका प्रश्नमा आफ्नो धारणा राखेका छन् । पूरक प्रस्तावबारे सदस्यहरुको धारणाका बारेमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जवाफ दिने कार्य तालिका रहेको छ । बैठकमा उठेका धारणा र प्रस्तावहरुका बारेमा अध्यक्ष प्रचण्डले जवाफ दिएपछि बैठक सकिने माओवादी केन्द्रका एक पदाधिकारीले बताए ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ४ : १३ बजे

सुनचाँदीको कीर्तिमानी मूल्यवृद्धि जारी, एक तोलाको तीन लाख ३९ हजार तीन सय

काठमाडौं । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम

दरबारमार्गको उडल्याण्ड होटलमा लागेको आगलागी नियन्त्रणमा

काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा