५ श्रावण २०८३, मंगलबार | July 21, 2026

एमसिए-नेपालद्वारा ११७ किमि प्रसारण लाइन निर्माण सम्झौता सम्पन्न



काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल) ले ‘एमसीसी नेपाल कम्प्याक्ट’अन्तर्गत ११७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गर्न सम्झौता गरेको छ। यससँगै कम्प्याक्टअन्तर्गत निर्माण हुन लागेका ३१५ किलोमिटर प्रसारण लाइनसम्बन्धी सम्पूर्ण सम्झौता पूरा भएको छ।

सम्झौताअनुसार आशिश–बोज्लर संयुक्त उपक्रमले काठमाडौंस्थित निर्माणाधीन लप्सिफेदी सवस्टेशनबाट नुवाकोटको रातमाटे सवस्टेशन हुँदै मकवानपुरको हेटौँडा सवस्टेशनसम्म चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण गर्नेछ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रियामार्फत प्रदान गरिएको उक्त ठेक्काको मूल्य करिब ७६६।५० लाख अमेरिकी डलर बराबर छ। सम्झौताअन्तर्गत प्रसारण लाइनको डिजाइन, उपकरण स्थापना, परीक्षण तथा सञ्चालनसम्बन्धी काम सम्पन्न गरिनेछ।

सम्झौतामा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र आशिश–बोज्लर संयुक्त उपक्रमका प्रतिनिधि निर्माण गौलीले हस्ताक्षर गरेका छन्। कार्यक्रममा एमसीसी र एमसिए–नेपालका पदाधिकारीहरूको समेत उपस्थिति थियो।

सम्झौता पश्चात एमसीसीका आवासीय राष्ट्रिय निर्देशक श्री डायन एल। फ्रान्सिस्कोले यसलाई कम्प्याक्ट कार्यान्वयनमा भइरहेको उल्लेख्य प्रगतिको उदाहरण भन्दै, नेपाली जनताको विकास र समृद्धिका लागि एमसिए–नेपालको प्रतिबद्धता र लगनशीलताको परिणाम भएको बताए।

यसअघि एमसिए–नेपालले रातमाटे सवस्टेशनदेखि तनहुँको दमौली सवस्टेशन हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नयाँ बुटवल सवस्टेशन र त्यहाँदेखि नेपाल–भारत सीमासम्म १९८ किमि प्रसारण लाइन निर्माणका लागि सम्झौता गरिसकेको छ। यस्तै, रातमाटे, नयाँ दमौली र नयाँ बुटवल सवस्टेशन निर्माणसम्बन्धी सम्झौतासमेत सम्पन्न भइसकेको छ।

एमसीसी नेपाल कम्प्याक्टले निजी क्षेत्रको लगानी अभिवृद्धि, महत्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार विस्तार तथा यातायात सञ्जाल सुधारमार्फत नेपालको दीर्घकालीन आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ४ : ५३ बजे

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको

चौतर्फी विरोधपछि शिक्षा-स्वास्थ्यको ३ प्रतिशत कर फिर्ता लिन सरकार बाध्य

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने