३ कार्तिक २०८३, मंगलबार | October 20, 2026

एमसिए-नेपालद्वारा ११७ किमि प्रसारण लाइन निर्माण सम्झौता सम्पन्न



काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल (एमसिए–नेपाल) ले ‘एमसीसी नेपाल कम्प्याक्ट’अन्तर्गत ११७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गर्न सम्झौता गरेको छ। यससँगै कम्प्याक्टअन्तर्गत निर्माण हुन लागेका ३१५ किलोमिटर प्रसारण लाइनसम्बन्धी सम्पूर्ण सम्झौता पूरा भएको छ।

सम्झौताअनुसार आशिश–बोज्लर संयुक्त उपक्रमले काठमाडौंस्थित निर्माणाधीन लप्सिफेदी सवस्टेशनबाट नुवाकोटको रातमाटे सवस्टेशन हुँदै मकवानपुरको हेटौँडा सवस्टेशनसम्म चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण गर्नेछ।

अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रियामार्फत प्रदान गरिएको उक्त ठेक्काको मूल्य करिब ७६६।५० लाख अमेरिकी डलर बराबर छ। सम्झौताअन्तर्गत प्रसारण लाइनको डिजाइन, उपकरण स्थापना, परीक्षण तथा सञ्चालनसम्बन्धी काम सम्पन्न गरिनेछ।

सम्झौतामा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र आशिश–बोज्लर संयुक्त उपक्रमका प्रतिनिधि निर्माण गौलीले हस्ताक्षर गरेका छन्। कार्यक्रममा एमसीसी र एमसिए–नेपालका पदाधिकारीहरूको समेत उपस्थिति थियो।

सम्झौता पश्चात एमसीसीका आवासीय राष्ट्रिय निर्देशक श्री डायन एल। फ्रान्सिस्कोले यसलाई कम्प्याक्ट कार्यान्वयनमा भइरहेको उल्लेख्य प्रगतिको उदाहरण भन्दै, नेपाली जनताको विकास र समृद्धिका लागि एमसिए–नेपालको प्रतिबद्धता र लगनशीलताको परिणाम भएको बताए।

यसअघि एमसिए–नेपालले रातमाटे सवस्टेशनदेखि तनहुँको दमौली सवस्टेशन हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नयाँ बुटवल सवस्टेशन र त्यहाँदेखि नेपाल–भारत सीमासम्म १९८ किमि प्रसारण लाइन निर्माणका लागि सम्झौता गरिसकेको छ। यस्तै, रातमाटे, नयाँ दमौली र नयाँ बुटवल सवस्टेशन निर्माणसम्बन्धी सम्झौतासमेत सम्पन्न भइसकेको छ।

एमसीसी नेपाल कम्प्याक्टले निजी क्षेत्रको लगानी अभिवृद्धि, महत्वपूर्ण पूर्वाधार सुदृढीकरण, सीमापार ऊर्जा व्यापार विस्तार तथा यातायात सञ्जाल सुधारमार्फत नेपालको दीर्घकालीन आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ४ : ५३ बजे

मासुको अत्यधिक सेवनले अपच, ग्यास्ट्रिक, छाती र पेट पोल्न सक्छ, यसरी बच्नुहोस्

काठमाडौं । बडा दशैंको समयमा खानपानमा हुने अनियमिता र विशेष

भाकल पूरा गर्न बुढासुब्बामा भक्तजनको लर्को

सुनसरी । धरान उपमहानगरपालिका–१४ विजयपुरस्थित बुढासुब्बा मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको

हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

झापा । हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका–२ जनता चोककी ७० वर्षीया

घटस्थापनादेखि आजसम्म पाँच लाख ७६ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

राष्ट्रपतिद्वारा नवकन्याको पूजार्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा मङ्गलबार राष्ट्रपति भवन