५ बैशाख २०८३, शनिबार | April 18, 2026

युनिटी कप टी-२० आई सिरिज : नेपालले वेस्ट इन्डिजसँग पहिलो टी-२० आई खेल्दै



काठमाडौं । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी-२० आई अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेल आज हुँदैछ । यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बेलुकी ८:१५ बजे सुरु हुनेछ । नेपालले पहिलोपटक वेस्ट इन्डिजसँग टी-२० आई खेल्दैछ । त्यस्तै, आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको यो पहिलो द्विपक्षीय सिरिज हो, जसलाई ऐतिहासिक अवसरका रूपमा हेरिएको छ ।

खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपाली कप्तान रोहित कुमार पौडेलले पछिल्लो समय टिमले राम्रो प्रदर्शन गरिरहेको उल्लेख गर्दै सिरिज जित्ने विश्वास व्यक्त गरे । उनले भने, “हामी सबै सकारात्मक छौं, मनोबल उच्च छ । आफ्नो उत्कृष्ट क्रिकेट खेले जित्न सकिन्छ ।”

वेस्ट इन्डिजका कप्तान अकिल होसेनले पनि नेपालको ऐतिहासिक शृंखलाको हिस्सा हुन पाउँदा खुसी लागेको बताए । उनले भने, “कागजमा को बलियो भन्नेभन्दा मैदानमा कसले राम्रो खेल्छ भन्ने महत्त्वपूर्ण हुन्छ ।”

पछिल्लो समय वेस्ट इन्डिज कमजोर लयमा रहेको छ । सन् २०२५ मा उसले खेलेका १२ खेलमध्ये २ खेल मात्र जितेको छ । यता नेपालले ८ खेलमध्ये ४ जितेको, ३ हारेको (एक सुपर ओभरसहित) र एक नतिजाविहीन भएको छ ।

नेपाल र वेस्ट इन्डिजबीच दोस्रो खेल सोमबार र तेस्रो खेल बिहीबार हुने तय भएको छ ।

नेपालको टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम ।

वेस्ट इन्डिजको टोली : अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ७ : २५ बजे

खोटाङ र उदयपुरमा भारी वर्षा, नेपालगन्जमा देशमै बढी गर्मी

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको