२० जेष्ठ २०८३, बुधबार | June 4, 2026

युनिटी कप : नेपाल र वेस्ट इन्डिजको फाइनल भिडन्त आज



काठमाडौं । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी जार युनिटी कप टी-२० क्रिकेट शृङ्खलामा उपाधि जितिसकेको छ । सोमबार राति शारजाह क्रिकेट मैदानमा भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै नेपालले एक खेल अगावै सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो ।

यसअघि पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जित निकालेको थियो । दोस्रो खेलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा समेटिएको थियो ।

एक खेल अगावै उपाधि जितेको नेपाल अब सिरिजलाई ‘क्लिन स्वीप’ गर्ने लक्ष्यसहित मंगलबार राति ८:१५ बजे हुने फाइनल भिडन्तमा वेस्ट इन्डिजसँग मैदानमा उत्रिनेछ ।

वेस्ट इन्डिजका कप्तान अकिलले नेपाललाई धेरैले कमजोर ठाने पनि वास्तवमा खेल्न कठिन रहेको स्वीकार गरेका छन् । लगातार दुई जितले उत्साहित नेपाल तेस्रो जित निकाल्दै ऐतिहासिक सिरिजलाई अविजित रुपमा समाप्त पार्न चाहन्छ भने वेस्ट इन्डिज भने सान्त्वना जित निकाल्न आतुर छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ७ : ४३ बजे

तापक्रममा वृद्धि, भैरहवामा ४१, नेपालगन्जमा ३९, काठमाडौँमा पनि बढ्यो

काठमाडौँ । नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन : एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै

चार हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयमा रुपन्देहीको वर्चश्व

काठमाडौँ । मुलुकभरका सामुदायिक विद्यालयमध्ये चार हजारभन्दा बढी विद्यार्थी हुनेमा

चोरी भएका सवारीसाधन हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४०

पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द

मुस्ताङ । यहाँको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ