५ आश्विन २०८३, सोमबार | September 22, 2026

घरेलु कार्यालय भोजपुरद्वारा ‘डिजिटल’ भुक्तानी सेवा थालनी



भोजपुर । भोजपुरमा घरेलु उद्योग कार्यालयले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ । कार्यालयमा हुने राजस्वलगायतका कारोबार डिजिटल बनाउने लक्ष्यले अनलाइन भुक्तानीको व्यवस्था मिलाएको कार्यालयले जनाएको छ ।

सेवाग्राहीलाई सजजता थप्नको लागि गत साउन १ गतेदेखि नै अनलाइन भुक्तानीको व्यवस्था मिलाएको कार्यालय प्रमुख रमेश ढकालले जानकारी दिए । सेवाग्राहीलाई विभिन्न काम गर्ने क्रममा कुनै समस्या नहोस् भन्नका लागि क्यूआरमार्फत भुक्तानी गर्ने व्यवस्था रहेको कार्यालयको भनाइ छ ।

कार्यालयले लघु, घरेलु तथा साना उद्योगको माध्यमबाट स्थानीय कच्चा पदार्थ, स्रोत र श्रमको उपयोग जोड दिएको जनाएको छ ।स्थानीयस्तरमा उद्योग स्थापना गर्न, स्व-रोजगार बन्न तथा रोजगारीका अवसर सिर्जना गर्न प्रयासरत रहेको कार्यालयको भनाइ छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ७ : ४६ बजे

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न