१५ भदौ २०८३, सोमबार | September 1, 2026

बाख्रा अनुसन्धान केन्द्रमा घाँसको समस्या



तनहुँ । तनहुँको बन्दीपुरमा रहेको राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयले २९ जिल्लामा प्रजनन योग्य पाठापाठी वितरण गरेको छ । कार्यालयले गत आर्थिक वर्षमा २९ जिल्लामा प्रजनन योग्य पाठापाठी वितरण गरेको हो ।

कार्यालयले १९१ पाठापाठी वितरण गरेको वरिष्ठ कृषि अधिकृत बुद्धिराम आचार्यले जानकारी दिए । उनका अनुसार १४८ बोका र ४३ पाठी वितरण गरिएको छ । शुद्ध बोर, शुद्ध सानन, जमुनापानी, शुद्ध खरी, शुद्ध सिन्हाललगायत विभिन्न प्रजातिका पाठापाठी वितरण गरेको आचार्यले बताए ।

उनका अनुसार शुद्ध बोर ५० वटा धादिङ, गोरखा, तनहुँ, दोलखा, सल्यान, लमजुङ, रसुवा, कास्की, बैतडी, सुर्खेत, स्याङ्जा, नुवाकोट, सिन्धुली, रोल्पा, धनुषा, अर्घाखाँची र बारामा वितरण गरिएको छ । बोर ९८.४४ प्रतिशत एउटा गोरखामा, बोर ९६.८७ प्रतिशत १० वटा पर्वत, धादिङ, कास्की, नुवाकोट, गोरखा, सिन्धुली र धनुषामा वितरण गरिएको छ । बोर ९३.७५ प्रतिशत १८ वटा गोरखा, धादिङ, कपिलवस्तु, काठमाडौं, स्याङ्जा, दोलखा, धनुषा, तनहुँ र बारामा वितरण गरिएको आचार्यले बताए ।

यसैगरी बोर ८७.७५ प्रतिशत ३१ गोरखा, धादिङ, काठमाडौं, स्याङ्जा, तनहुँ, बारा, सल्यान, नुवाकोट, नवलपरासी ९बसपु० र लमजुङमा वितरण गरिएको छ ।

बोर ७५ प्रतिशत २० वटा धादिङ, सिराहा, काठमाडौं, कास्की, गोरखा, तनहुँ, नवलपरासी (बसपु), लमजुङ, सिन्धुली र बारामा वितरण गरिएको जनाइएको छ । बोर ५० प्रतिशत २० वटा काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र गोरखामा, सानन ९६.८७ प्रतिशत छ वटा धनकुटा, सुर्खेत, बैतडी, ताप्लेजुङ, नुवाकोट र गुल्मीमा वितरण गरिएको छ ।

सानन ९३.७५ प्रतिशत एउटा पर्वतमा, सानन ८७.५ प्रतिशत एउटा गुल्मीमा, सानन ७५ प्रतिशत छ काठमाडौं, कास्की, रसुवा र बैतडीमा, सानन ५० प्रतिशत रसुवामा, जमुनापारी ५० प्रतिशत एउटा नवलपुरमा, शुद्ध खरी २० वटा नवलपुर, सुर्खेत, मकवानपुर, तनहुँ र गोरखामा र शुद्ध सिन्हाल एउटा काठमाडौंमा वितरण गरिएको जनाइएको छ ।

कार्यालयले बाख्राको अनुसन्धानका लागि विभिन्न जिल्लामा स्रोतकेन्द्र स्थापना गरिएको छ । तनहुँको भानु नगरपालिकास्थित बरभज्याङ, आँबुखैरेनी गाउँपालिकास्थित बरादीमा, घिरिङमा, गोरखाको बक्राङ, स्याङ्जाको पेखुथाना र धादिङको निलकण्ठमा बाह्य अनुसन्धान केन्द्र स्थापना भएका छन् ।

केन्द्रमा बाख्रालाई चरिचरणको घाँसमा बाह्य जनावरबाट क्षति हुने गर्दा समस्या हुने गरेको छ । त्यस्तै हिउँद तथा सुख्खा मौसममा बाख्रालाई घाँसको कमी हुँदै आएको छ । त्यसका लागि सरपानी तथा आले गाउँमा जमिन सम्याई घाँस लगाइएको छ ।

कूल ८० हेक्टर क्षेत्रफलमा फैलिएको केन्द्रमा बाख्राको लागि आवश्यक पर्ने डालेघाँस, भुइँघाँसको खेती गरिएको छ । बाख्रालाई विशेष गरेर नेपियर, मोलाटो, सेटारिया, सिग्नल घाँस, किम्मु खनायोलगायतका घाँस खुवाउने गरिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ७ : ४९ बजे

मेस्सीले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय

मियामी । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी

लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूद्वारा पारिश्रमिकबाट बाढीपीडितलाई सहयोग

दाङ । लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीहरूले आधा महिना बराबरको पारिश्रमिकबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

‘दौडिन्छिन् हजुरआमा’ स्थगित

नेपालगन्ज । नेपालगन्जमा भदौ २१ गते आयोजना गर्ने तयारी गरिएको

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार बाढी प्रभावितहरुको खोज, उद्धार,