८ माघ २०८२, बिहिबार | January 22, 2026

लायन्स आँखा अस्पतालको सभापतिमा श्रेष्ठ : बुटवल उद्योग वाणिज्य संघमा सम्मान



बुटवल । बुटवलको लायन्स आँखा अस्पतालको सभापति पदमा मनोनित भएका बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य महेशप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । संघको आईतबार बसेको कार्यसमिति बैठकमा अस्पतालको सभापति पदमा मनोनित भएका श्रेष्ठलाई सममान गरिएको हो ।

उनलाई संघका अध्यक्ष हरिप्रसाद अर्यालले टिका सहित खादा लगाएर सम्मान गरेका हुन् । त्यस अवसरमा बोल्दै संघका अध्यक्ष अर्यालले अस्पतालको व्यवस्थापकीय जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

लायन्स क्लव अफ बुटवलले स्थापना गरि सञ्चालनमा ल्याएको बुटवल लायन्स आँखा अस्पतालमा क्लवले ४ वर्षे कार्यकालको लागि अध्यक्ष सहित पदाधिकारी मनोनित गर्ने गर्दछ । यस अंगाडि अध्यक्ष रहेका रामेश्वरप्रसाद श्रेष्ठको कार्यकाल सकिएपछि क्लवले अध्यक्ष पदमा क्लवका पूर्व अध्यक्ष महेशप्रसाद श्रेष्ठलाई मनोनित गरिएको लायन्स क्लव अफ बुटवलका अध्यक्ष प्रतिक पोखरेलले जानकारी दिए ।

त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, लायन्स क्लव अफ बुटवलका अध्यक्ष समेत रहेका संघका सचिव प्रतिक पोखरेल, सहकोषाध्यक्ष धनाकुमारी खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ९ : ०४ बजे

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको

फागुनको पहिलो साताभित्र सम्पूर्ण स्थानमा मतपत्र पुग्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको

दाङको ‘तुई’ उपत्यकामा मानव इतिहास खोजिँदै, भेटिए भाँडाका टुक्रा

दाङ । चुरे क्षेत्रकोबीचमा पर्ने दाङ तुलसीपुर उपमहानगरपालिका–१३ स्थित ‘तुई’

हसिनाको निष्कासनपछि बङ्गलादेश चुनावी प्रचारमा प्रवेश

ढाका । लामो समयसम्म प्रधानमन्त्री रहेकी शेख हसिनालाई अपदस्थ गरेको

नेपाली काँग्रेसले गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै निर्वाचनमा जाने तयारी

काठमाडौं । नेपाली काँग्रेसले पार्टी सभापति गगन थापालाई आगामी प्रतिनिधिसभा