३० चैत्र २०८२, सोमबार | April 13, 2026

इतिहास दोहोर्याउने लक्ष्यसहित नेपाल आज वेस्ट इन्डिजसँग दोस्रो भिडन्तमा



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज विश्व विजेता वेस्ट इन्डिजसँग युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेल खेल्दैछ । शनिबार भएको पहिलो खेलमा १९ रनको ऐतिहासिक जित निकाल्दै उत्साहमा रहेको नेपाल आज पनि विजयी हुँदै सिरिज एक खेल अगाडि नै आफ्नो पक्षमा पार्ने योजनामा छ ।

यो खेल नेपाली समय अनुसार राति ८ः१५ बजे यूएईको दुबईस्थित शारजाह क्रिकेट मैदानमा सुरु हुनेछ ।

पहिलो खेलमा नेपालले टस जितेर ब्याटिङ गर्दै १४८ रन बनाएको थियो । लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२९ रन मात्र बनाउन सकेपछि नेपालले १९ रनले जित निकालेको थियो ।

एक खेलको हारपछि वेस्ट इन्डिजले आजको भिडन्तमा रणनीति मिलाएर सम्हालिने दाबी गरेको छ । अघिल्लो खेलमा नेपाललाई कमजोर आकलन गरेको कारण पराजित हुनुपरेको वेस्ट इन्डिजका कप्तान अकिल होसेनले स्वीकार गरिसकेका छन् ।

रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपालले क्रिकेट इतिहासमै पहिलो पटक टेस्ट राष्ट्रलाई पराजित गर्ने उपलब्धि हासिल गरेको हो । कप्तान पौडेलले सिरिज जित्ने लक्ष्यसहित टिम मैदानमा उत्रने बताएका छन् ।

नेपाल र वेस्ट इन्डिजबीचको तेस्रो तथा फाइनल खेल मंगलबार हुनेछ ।

नेपाल टोली

रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम ।

वेस्ट इन्डिज टोली

अकिल होसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नविन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स, शमार स्प्रिङ्गर ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ७ : २० बजे

खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा

पेरिस  । मध्य पूर्वमा जारी तनाव निर्णायक मोडतर्फ उन्मुख देखिएको

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल

सिंहदरबारभित्रका सरकारी निकायमा गुणस्तरीय इन्टरनेट सेवा सुनिश्चित गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सङघीय सरकारको प्रमुख

आश्रम व्यवस्थापन गर्न कुरिलो खेती

नारायणगढ । भरतपुर महानगरपालिका–४ रामघाटस्थित नारायणधाम आश्रमले आश्रम व्यवस्थापनका लागि

कर्णाली नदीको सनकट्टीमा पुल निर्माण अन्तिम चरणमा ,डुङ्गाबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य हुँदै

टीकापुर । कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली नदीस्थित सनकट्टी