१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

इतिहासकै विषम अवस्थामा एकतासहितको सुझबुझपूर्ण निर्णय आवश्यक : शशांक कोइराला



काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा। शशांक कोइरालाले मुलुक अहिले इतिहासकै सबैभन्दा विषम परिस्थितिमा रहेको बताएका छन् ।

बडादसैँ–२०८२ का अवसरमा शुभकामना दिँदै उनले यस्तो विषम अवस्थाबाट पार पाउन आपसी सद्भाव, सहिष्णुता र एकतासहितको सुझबुझपूर्ण निर्णय आवश्यक भएको बताएका छन् ।

कोइरालाले कांग्रेसभित्र अझै बलियो एकता अपरिहार्य रहेको उल्लेख गर्दै भनेका छन, “बलियो र एकताबद्ध कांग्रेसले नै विगतमा चुनौतीलाई अवसरमा बदल्दै मुलुकलाई निकास र विकास दिएको छ, अहिले पनि त्यही बाटो अपनाउनुपर्छ ।”

उनले जनताका लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको आधार संविधानमाथि प्रहार भएको र प्रतिनिधिसभा विघटनजस्तो कदम उठाइएकाले संविधान जोगाउने जिम्मेवारी कांग्रेसमा आएको स्पष्ट पारेका छन्।

डा। कोइरालाले सामाजिक एकता र सद्भाव नेपाली समाजको विशेषता भएको उल्लेख गर्दै अहिलेको अस्थिरता र प्रतिकूलताबाट निस्कन संवाद, संयम र आपसी एकतामात्र विकल्प रहेको बताए । “त्यसले नै शान्ति, सुशासन र समुन्नतिको बाटोमा देशलाई अघि बढाउँदै नेपाललाई सभ्य, सुखी र सम्पन्न राष्ट्रमा रूपान्तरण गर्न सक्छ,” उनले शुभकामना सन्देशमा भनेका छन् ।

उनले हालै भदौ २३ र २४ गते देशभर भएका प्रदर्शन र विनाशकारी घटनाले यस वर्षको दसैँ फरक परिवेशमा मनाउनुपर्ने अवस्था ल्याएको भन्दै लोकतान्त्रिक आन्दोलनका धरोहर बनेका ऐतिहासिक निवास तथा आश्रमहरू नष्ट भएकोमा गहिरो दुःख व्यक्त गरे । विराटनगरस्थित कृष्णप्रसाद कोइरालाको घर, गणेशमान सिंहको चाक्सीबारी निवास र कृष्णप्रसाद भट्टराई स्मृतिको बाँडेगाउँस्थित आश्रममाथि भएको आगजनी प्रजातान्त्रिक इतिहासकै साझा सम्पत्तिमाथिको प्रहार भएको उनको भनाइ छ ।

डा. कोइरालाले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अघि बढाउन सबै तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने आह्वानसमेत गरेका छन् ।

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ८ : ४३ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका