१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

नवलपुर-१ मा शशांकको यात्रामा पूर्णबिराम, कांग्रेसको टिकट गजेन्द्र आले मगरलाई



नवलपुर । नवलपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट लगातार चार पटक निर्वाचित भएका नेपाली कांग्रेसका प्रभावशाली नेता तथा बीपी कोइरालाका पुत्र डा. शशांक कोइरालाले यस पटक सो क्षेत्र छाडेका छन्।

पार्टीले उनको स्थानमा पुराना नेता गजेन्द्र आले मगरलाई उम्मेदवार बनाएपछि कोइरालाले निर्वाचन नलड्ने निर्णय गरेका हुन्।

नवलपुर क्षेत्र नम्बर १ नेपाली कांग्रेसका लागि परम्परागत रूपमा बलियो मानिँदै आएको निर्वाचन क्षेत्र हो। सो क्षेत्रबाट २०६४ सालदेखि लगातार चार पटक निर्वाचन जित्दै आएका डा. कोइरालाले पाँचौं पटक पनि निर्वाचन लड्ने चर्चा चलिरहेको थियो। आगामी निर्वाचन नवलपुरबाटै पुनः लड्ने चाहना उनले सार्वजनिक रूपमै व्यक्त गर्दै आएका थिए।

उक्त चाहनाअनुसार नेपाली कांग्रेस नवलपुरले प्रतिनिधि सभा क्षेत्र नम्बर १ का लागि डा. कोइरालाको नाम पहिलो नम्बरमा राखी केन्द्रमा सिफारिस समेत गरेको थियो। यद्यपि, पार्टी नेतृत्वले अन्ततः पुराना नेता गजेन्द्र आले मगरलाई टिकट दिने निर्णय गरेपछि डा. कोइरालाले उक्त निर्वाचन क्षेत्र छाडेका हुन्।

डा. कोइरालाले २०६४ सालको संविधानसभा निर्वाचनपछि निरन्तर रूपमा सोही क्षेत्रबाट जित हासिल गर्दै आएका थिए। यद्यपि, पछिल्लो समय भने उनले कार्यकर्तामाझ आगामी निर्वाचनमा उम्मेदवारी नदिने संकेत गर्दै आएका थिए।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा डा.कोइरालाले नेकपा माओवादी केन्द्रसहितको गठबन्धनबाट उम्मेदवारी दिएका थिए। सो निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेललाई २ हजार २० मतान्तरले पराजित गर्दै विजयी भएका थिए। डा. कोइरालाले २७ हजार ६७ मत प्राप्त गरेका थिए भने एमालेका पौडेलले २५ हजार ४७ मत ल्याएका थिए। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले २४ हजार ३५ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका थिए।

अबको निर्वाचनमा नवलपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गजेन्द्र आले मगर, नेकपा एमालेबाट भागिरथ सापकोटा, नेपाली कम्युनिस्ट पार्टीबाट लोकप्रसाद भुर्तेल तथा राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुनः राजन गौतम चुनावी मैदानमा उत्रने भएका छन्।

डा. शशांक कोइरालाको निर्वाचन क्षेत्र परिवर्तनले नवलपुरको राजनीतिक समीकरणमा नयाँ तरंग सिर्जना गरेको छ भने कांग्रेसभित्र समेत यस निर्णयलाई चासोका साथ हेरिएको छ।

प्रकाशित मिति : ६ माघ २०८२, मंगलबार  ९ : ४९ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका