९ कार्तिक २०८३, सोमबार | October 26, 2026

गुल्मीको छल्दीपनाहमा बस दुर्घटना, १५ जना घाइते



गुल्मी । गुल्मीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

बुटवलबाट तम्घास हुँदै अर्जेतर्फ जाँदै गरेको लु १ ख ७७७६ नम्बरको बस रेसुङ्गा नगरपालिका–४ छल्दीपनाहमा सोमबार दिउँसो सडकबाट करिब पाँच मिटर तल खस्दा दुर्घटना भएको थियो ।
घाइते सबै १५ जनालाई उपचारका लागि जिल्ला अस्पताल गुल्मी पठाइएको छ ।

बस घुम्तीमा अचानक ब्रेक फेल भई सडक किनारमा रहेको खाली घरमा अड्किएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बसले घरलाई पनि क्षति पुर्याएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका घाइते :

१) मालिका गा.पा. ६ बस्ने लक्ष्मी बिष्ट (३५)
२) इस्मा गा.पा. ६ बुल्मका सरिता कुमाल (३३)
३) निजको छोरा कृष्ण कुमाल (११)
४) सन्त ब. कुमाल (३९)
५) चन्द्री कुमाल (७८)
६) निजको नाति ईश्वर कुमाल (३)
७) सरिता महत (३३)
८) सचिन महत १३
९) २) ईस्मा गा.पा. ६ अमरपुर बस्ने नबिन महत (२१)
१०) दिपक पराजुली (सहचालक) ।
११) रेशम भण्डारी (२२)
१२) हरिकला कुमाल (७३)
१३) राधिका बस्नेत (४३)
१४) निजको छोरी कोपिला बस्नेत (२२)
१५) निजको छोरा अनिल बस्नेत (१७)

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ५ : ४८ बजे

माथिल्लो सिद्धबाबामा बसको ठक्करबाट गुल्मीकी माँया कुँवरको मृत्यु, एकजना घाइते

बुटवल । पाल्पाको माथिल्लो सिद्दबाबा स्थित सिद्दार्थ राजमार्गमा भएको सवारी

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौँ । दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४

अर्थमन्त्री वाग्लेमाथि खनिए अभिनेता राजेश हमाल, भारतको चाकडी गरेको आरोप

काठमाडौं, ९ कात्तिक । अभिनेता राजेश हमाल हत्तपत्त कुनै पनि

नेपालगन्जमा तेस्रो अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप हुँदै

नेपालगन्ज । नेपालगन्जमा तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसिप प्रतियोगिता हुने

एनपीएलमा साविक विजेता लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा साविक विजेता