१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

नेपाली क्रिकेट टिमले संकटको घडीमा आशा र उत्साह जगायो : अध्यक्ष प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले त्रिदिवसीय सिरिजमा लगातार दुई खेल जितेकोमा नेपाली खेलाडीहरुलाई बधाई ज्ञापन गरेका छन् । सामाजिक सञ्जाल मार्फत बधाई ज्ञापन गर्दै अध्यक्ष प्रचण्डले संकटको घडीमा आशा र उत्साह जगाउने यो ऐतिहासिक प्रदर्शनले नेपालको छवि र गौरवलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गरेका छन् ।

‘दुई पटकको विश्वकप विजेता तथा टेस्ट मान्यता प्राप्त वेस्ट इन्डिज टिमसँगको त्रिदिवसीय सिरिजमा लगातार दुई खेल जित्दै सिरिज कब्जा गर्न सफल भएकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई हार्दिक बधाई।’ प्रचण्डले लेखेका छन् ।

उनले आफु नेतृत्वको सरकारले राष्ट्रिय गौरवका आयोजनाका रूपमा अघि बढाएका रंगशालाहरूको पूर्वाधार निर्माण कार्यलाई अझ प्राथमिकताका साथ अघि बढाउन सरकारको ध्यानाकर्षण पनि गराएका छन् । ‘फेरि पनि — राष्ट्रिय क्रिकेट टिम नेपाल, तपाईं हामी सबैको अभिमान र गौरव, हार्दिक बधाई !’ प्रचण्डले लेखेका छन् ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  १२ : ०६ बजे

निर्वाचनमा उत्साहका साथ सहभागी हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते सम्पन्न

इजरायल–इरान द्वन्द्व मध्यपूर्व क्षेत्रभरि फैलियो

इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि इजरायल,

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि

होलीको शुभकामना दिँदै प्रचण्डले भने-‘हाम्रो एक मतले देश जोगिन्छ, भविष्यको बाटो तय गर्छ’

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक