१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

युनिटी कप : नेपाल र वेस्ट इन्डिजको फाइनल भिडन्त आज



काठमाडौं । नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी जार युनिटी कप टी-२० क्रिकेट शृङ्खलामा उपाधि जितिसकेको छ । सोमबार राति शारजाह क्रिकेट मैदानमा भएको दोस्रो खेलमा वेस्ट इन्डिजलाई ९० रनले पराजित गर्दै नेपालले एक खेल अगावै सिरिज २-० ले आफ्नो पक्षमा पारेको हो ।

यसअघि पहिलो खेलमा पनि नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जित निकालेको थियो । दोस्रो खेलमा नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याउँदै वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा समेटिएको थियो ।

एक खेल अगावै उपाधि जितेको नेपाल अब सिरिजलाई ‘क्लिन स्वीप’ गर्ने लक्ष्यसहित मंगलबार राति ८:१५ बजे हुने फाइनल भिडन्तमा वेस्ट इन्डिजसँग मैदानमा उत्रिनेछ ।

वेस्ट इन्डिजका कप्तान अकिलले नेपाललाई धेरैले कमजोर ठाने पनि वास्तवमा खेल्न कठिन रहेको स्वीकार गरेका छन् । लगातार दुई जितले उत्साहित नेपाल तेस्रो जित निकाल्दै ऐतिहासिक सिरिजलाई अविजित रुपमा समाप्त पार्न चाहन्छ भने वेस्ट इन्डिज भने सान्त्वना जित निकाल्न आतुर छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  ७ : ४३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले