काठमाडौं । वेस्ट इन्डिजविरुद्धको तेस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिले ब्याटिङ गर्ने भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट रंगशालामा भएको टसमा वेस्ट इन्डिजका कप्तान अकिल होसेनले टस जित्दै पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।
नेपालले यसअघि भएका दुवै खेल जित्दै श्रृंखला एक खेल अगावै आफ्नो पक्षमा पारिसकेको छ । पहिलो खेलमा नेपालले १९ रनले र दोस्रो खेलमा ९० रनले वेस्ट इन्डिजलाई पराजित गरेको थियो ।
आजको खेल जिते नेपालले श्रृंखलामा ‘क्लिन स्वीप’ गर्ने ऐतिहासिक अवसर पाउनेछ ।


















प्रतिक्रिया