५ चैत्र २०८२, बिहिबार | March 19, 2026

यसवर्ष हिले दसैं बन्ने मौसमी प्रक्षेपण



काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यस वर्षको बडादसैँ अवधिभर देशभर मनसुनी वायुको प्रभाव जारी रहने जनाएको छ। महाशाखाले आज एक विशेष बुलेटिन प्रकाशित गर्दै बडादसैं अवधिभर मनसुनी वायुको प्रभाव जारी रहने जनाएको हो ।

महाशाखाले आज रातिदेखि असोज १९ गते (त्रयोदशी) सम्म विभिन्न प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा, कतिपय ठाउँमा भारी र अति भारी वर्षा हुने पूर्वानुमान गरेको छ । महाशाखाले आज राति राजधानीसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको पनि जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा मनसुनी वायु र स्थानीय वायूको प्रभाव रहँदा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा साधारणतया बदली र अन्य स्थानमा आंशिक बदलीको अवस्था छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

मौसम विश्लेषणः
हालको मौसम विश्लेषण अनुसार नेपालमा मनसुन वायुको प्रभाव केही कमजोर रहेको भएता पनि बंगालको खाडिमा विकसित भएको न्यून चापिय प्रणाली भारतको ओरिसाबाट जमिनको भू-भागमा प्रवेश गरी मध्य भारत तर्फ क्रमशः सर्ने भएको र सो न्यून चापिय प्रणालीको कारणले नेपालमा जलवाष्फ युक्त मनसुनी वायु प्रवेश गरी असोज १७ (एकादशी) का दिनबाट देशको खास गरी कोशी, मधेश, बागमती, गण्डकि र लुम्बिनी प्रदेश सम्म मनसुनी गतिविधि सक्रिय हुने सम्भावना देखिएको छ। तसर्थ, नेपालमा यस वर्षको दसैँ अवधिभर मनसुनी वायुको प्रभाव रहिरहने देखिन्छ ।

२०८२ असोज १४ गते (मंगलबार राति)

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका लगायत कर्णाली प्रदेशको केही, बाँकी पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको पहाडको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

२०८२ असोज १५ गते (बुधबार)

दिउँसोः सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई लगायत मधेश प्रदेशका केही स्थानहरूमा, बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहितमध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

रातीः सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेश एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

२०८२ असोज १६ गते (बिहीबार)

दिउँसोः सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई लगायत मधेश प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहितमध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

रातीः सबै प्रदेशमा साधारणतया बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेश लगायत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

असोज १७ (एकादशी): कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाड र तराई भू-भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

असोज १८ (द्वादशी): कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरू हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।साथै कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

असोज १९ (त्रयोदशी): कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा र एक-दुई स्थानमा अति भारी वर्षा को सम्भावना रहेको छ ।

प्रकाशित मिति : १४ आश्विन २०८२, मंगलबार  १० : १२ बजे

प्रधानमन्त्री कार्कीद्वारा कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

जुम्ला । प्रधानमन्त्री सुशीला कार्कीले जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालयको अवलोकन

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८