१५ भदौ २०८३, सोमबार | August 31, 2026

कांग्रेसको चेतावनी : दण्डहीनता र राजनीतिक प्रतिशोध सैह्य हुँदैन



काठमाडौं । नेपाली कांग्रेसले देशमा दण्डहीनता र राजनीतिक प्रतिशोधलाई आधार बनाएर सरकारले प्रतिपक्षी दलमाथि आक्रमण गरिरहेको आरोप लगाएको छ।

नेपाली कांग्रेस केन्द्रीय कार्यलयद्वारा बुधबार जारी प्रेस विज्ञप्तिमा हालै सरकारका तर्फबाट विभिन्न ठाउँमा भएको गतिविधि लोकतन्त्र, विधिको शासन र नागरिक स्वतन्त्रताको मूल्य–मान्यतामाथि प्रहार गर्ने खालको भएको उल्लेख गरिएको छ। पार्टीले राष्ट्रपतिदेखि संसद् र संवैधानिक निकायहरूमाथि सरकार स्वयंले आक्रमण गरिरहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “सत्तापक्षले आफ्ना विरोधीलाई दुश्मन ठान्दै प्रतिशोधको राजनीति गर्ने प्रवृत्ति बढाएको छ। यसरी प्रतिशोधका आधारमा भइरहेको गिरफ्तारी, दमन र गतिविधिले मुलुकलाई अस्थिरता र विखण्डनतर्फ धकेल्ने खतरा बढेको छ।”

कांग्रेसले हालै भएको केही घटनालाई सरकारको राजनीतिक दुर्भावनाको परिणाम भन्दै कडा आपत्ति जनाएको छ। विधि र संवैधानिक प्रक्रियाअनुसार अघि बढ्नुको साटो सरकारले कानुनको शासनको अपमान गर्दै स्वतन्त्र न्यायालयसमेतलाई दबाबमा पार्ने प्रयास गरेको आरोप लगाइएको छ।

मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले राष्ट्रका प्रमुख संवैधानिक निकायहरूलाई निष्प्रभावी बनाउन खोजेको, राज्य संयन्त्रको प्रयोग गरेर विपक्षीलाई कमजोर बनाउन लागिपरेको र नागरिकको अधिकारमाथि अतिक्रमण गर्न उद्यत भएको दाबी गरिएको छ।

नेपाली कांग्रेसले नागरिक समाज, बुद्धिजीवी, सञ्चारमाध्यम र लोकतन्त्रप्रेमी सबैलाई यो अवस्थाबिरुद्ध सचेत रहन आह्वान गरेको छ। पार्टीले दण्डहीनता अन्त्य गर्न र लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्न सरकारलाई सचेत गराउँदै लोकतन्त्रविरुद्धका कदमलाई जनतासामु उघार्ने प्रतिबद्धता प्रकट गरेको छ।

 

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ८ : ३६ बजे

बहराइनमाथि ७ विकेटको शानदार जित, नेपालले गर्‍यो विजयी सुरुवात

काठमाडौं । एसीसी पुरुष प्रिमियर कप २०२६ मा नेपालले विजयी

घट्यो सुनको मूल्य, चाँदीको स्थिर

काठमाडौं । सुनको भाउ आजसहित ४ दिनमा १५ हजार ५

गुल्मीमा टिप्पर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चालक नियन्त्रणमा

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५, डुकुर्तीमा टिप्पर र मोटरसाइकल एक

‘मेरो श्रीमान कहाँ हुनुहुन्छ ?’

धनुषा । धनुषाकी पूजा साह सिंहका लागि पछिल्ला दिन सामान्य

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा ९४ शव

काठमाडौं । रसुवाको भोटेकोशी बाढीमा गत बुधबार आएको बाढीमा परेर