५ चैत्र २०८२, बिहिबार | March 19, 2026

दसैं मान्न छाडेर नवमीको दिन मन्त्री घिसिङ वीपी राजमार्गको निरिक्षणमा



काठमाडौं । उर्जा जलस्रोत, सिँचाइ, भौतिक पूर्वाधार, यातायात तथा शहरी विकासमन्त्री कुलमान घिसिङले वीपी राजमार्गमा सवारीको आवतजावत तथा क्षतिग्रस्त सडकको पुनःनिर्माण बारे निरिक्षण गरेका छन् । चाडपर्वमा यात्रुहरुलाई वीपी राजमार्गवाट यात्रागर्दा भोग्नु परेका समस्या, ट्राफिक व्यवस्थापन तथा गत सालको बाढीले राजमार्गमा पु¥याएको क्षति पश्चातको पुनःनिर्माणको अवस्थाबारे बुझ्न चाडपर्वको बीचमा मन्त्री घिसिङ स्वयम् सडक विभागका महानिर्देशक र सम्बन्धित आयोजनाका अधिकारीहरु सहित फिल्डमा पुगेका हुन् ।

संघीय राजधानीलाई पूर्वी क्षेत्र संग जोड्नकोलागि महत्वपूर्ण रहेको उक्त वीपीराजमार्ग जापान सरकारको अनुदान सहयोगमा निर्माण सम्पन्न भएको थियो । १६० किलोमिटर लम्बाई रहेको वीपी राजमार्ग गत सालको बाढीले ३०.५ किलोमिटर क्षतिग्रस्त भएको थियो । हाल भईरहेको ईन्टरमिडियट लेनलाई अब बन्ने क्षतिग्रस्त राजमार्गको खण्डमा भने दुईलेनको बनाईने छ ।

उनले चाडपर्वमा काठमाडौं आवतजावत गर्ने यात्रुहरुले सास्ती नभोग्न सहज ट्राफिक व्यवस्थापनको लागि अस्थाई रुपमा गरिने कार्यलाई चुस्त राख्दै स्थायी रुपमा भईरहेको राजमार्ग पुनःनिर्माणको कार्यलाई छिटो सम्पन्न गर्न सम्बन्धित पक्षहरुलाई आग्रह गरे । गत साल असोजमा आएको बाढीले क्षति गरेको बीपी राजमार्गको २५ किलोमिटर खण्डमा ठेक्का सम्झौताभई काम अघि बढाइएको छ । बाँकी रहेको खण्ड भने जाईकाले अनुदान सहयोगमा बनाईदिने भएको छ ।

मन्त्री घिसिङले वीपी राजमार्गको पुनर्निर्माण तत्कालै सुरु हुने बताए । बाढीले क्षतिग्रस्त राजमार्गको अवलोकन गर्दै घिसिङले पूर्वी नेपाल र तराइलाई काठमाडौंसँग जोड्ने छोटो सडकको रुपमा रहेको वीपी राजमार्गलाई जति सक्यो छिटो पुनः र्निर्माण गर्न तयारी अघि बढिसकेको जानकारी दिए । उनले गतवर्षको असोजमा रोशीखोलाको बाढीले क्षति र्पुयाएको सडक खन्ड पुनर्निर्माणको लागि अहिले ठेक्काका कामहरू भइरहेको पनि बताए ।

‘नेपाल सरकारले गर्नुपर्ने कामको टेन्डर भइसकेको छ भने जाइकाको सहयोगमा निर्माण हुने साढे २ किलोमिटरको टेन्डर हुने क्रममा रहेको छ । दशैँ तिहारपछि कामतीव्र गतिमा सुरू गर्नेगरी तयारी भइरहेको छ । छिटो भन्दा छिटो काम गरेर सडकलाई पहिलेकै अवस्थामा ल्याउन सबै खालका सहयोग र समन्वयका काम गरिरहेका छौँ ।’ मन्त्री घिसिङले भने ।

दशैँ लगत्तै बाहिरी जिल्लाबाट काठमाडौं फर्कने गाडीको संख्यानिकै धेरै हुने भएकाले उक्त समयमा जाम नहोस् भनेर उपकरण तथा जनशक्ति तयारी अवस्थामा राख्न पनि निर्देशन दिइएको उनले बताए । यस्तै, अबको केही दिनपछि नेपालमाभारी वर्षाको पूर्वानुमान भएकाले सुरक्षित हिसाबले यात्रा गर्न मन्त्री घिसिङले आग्रह गरे ।

मन्त्री घिसिङले भने, ‘असोजको १७, १८ र १९गते विभिन्नजिल्लामाभारी वर्षा हुने पुर्वानुमान छ, यसबाट वीपी राजमार्ग र नारायणगढ–मुग्लिनतथा नारायणगढ–बुटवल सडक खन्डमा जोखिम रहेको भन्ने कुरा आएको छ । म सबै चालकहरूलाई सतर्कताका साथ गाडी चलाउन र यात्रुलाई पनि हतार नगरी, आवश्यक जानकारी लिएर मात्रयात्रा गर्न आग्रह गर्दछु ।’

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ५ : ०५ बजे

केन्द्रीय कारागारबाट फरार कैदी पक्राउ

काठमाडौँ । प्रहरीले जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार एक कैदीलाई

प्रतिनिधिसभा सदस्य निर्वाचन : प्रतिमतदाता रु २८४ खर्च

काठमाडौँ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन

नयाँ प्रधानमन्त्रीको शपथ चैत १३ गते

काठमाडौं । नयाँ प्रधानमन्त्रीको शपथ यही चैत १३ गते हुनेभएको

विमानस्थलबाट २८ हजार ९०० अमेरिकी डलरसहित तीन नेपाली पक्राउ

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अमेरिकी डलर २८

स्वच्छ र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गरेकामा आयोगलाई धन्यवाद : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विशिष्ट परिस्थितिमा घोषणा भएको निर्वाचनलाई