१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पुरोहितबाट राष्ट्रपतिले लगाए टीका



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पुरोहितबाट टीका ग्रहण गरेका छन् । विजया दशमीका दिन आज उनले पुरोहितबाट टीका लगाएका हुन् ।

राष्ट्रपति पौडेलले पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११स्५३ बजेको शुभ साइतमा टीका लगाएको राष्ट्रवतिको सचिवालयले जनाएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा नै राष्ट्रपति पौडेल सहित उनका परिवारले टीका लगाएका थिए ।

त्यसपछि राष्ट्रपति पौडेलले श्रीमती सविता तथा परिवारका अन्य सदस्यहरुलाई टीका लगाइदिएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिइन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्ष अरु नागरिकलाई टीका लगाइदिएनन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिले टीका नलगाइदिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ५ : ०० बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले