२२ भदौ २०८३, सोमबार | September 7, 2026

नेपाल तीन रनले मलेसियासँग पराजित



काठमाडौं । द्विदेशीय अन्तर्राष्ट्रिय टी-२० शृंखलाको पहिलो खेलमा नेपाली महिला क्रिकेट टोली मलेसियासँग तीन रनले पराजित भएको छ । बिहीबार मलेसियाको बेयुमास ओभल मैदानमा भएको रोमाञ्चक खेलमा अन्तिम ओभरसम्म प्रतिस्पर्धा गरे पनि नेपाल लक्ष्य भेटाउन असफल रह्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया महिला टोलीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार गर्यो । मलेसियाका लागि कप्तान विनिफ्रेड दुराइसिंगमले २७ रन, ऐन्ना हमिजाह हाशिमले २६ रन र मस एलिसाले २५ रनको योगदान दिए ।

नेपालका लागि सोमु विष्टले २ विकेट लिइन् भने रुविना क्षेत्रीले एक विकेट हात पारिन् ।

जवाफमा १०५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १०१ रनमा सीमित रह्यो । पूजा महतोले सर्वाधिक ३० रन बनाइन् । सम्झना खड्काले १८, कविता जोशीले १३ र कप्तान इन्दु वर्माले १२ रन जोडे ।

मलेसियाको जितमा नुर ड्यानिया स्युहादाले तीन विकेट तथा विनिफ्रेड दुराइसिंगम र ऐस्या एलिसाले दुई-दुई विकेट लिए ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ५ : ०१ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार