२१ मंसिर २०८२, आइतबार | December 7, 2025

‘असोज १७ गतेदेखि २० गतेसम्म टाढाको यात्रा नगर्न सुझाव’



काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ गतेदेखि २० गतेसम्म टाढाको यात्रा नगर्न सुझाव दिएको छ। प्राधिकरणले देशका पाँचवटा प्रदेशमा व्यापक वर्षाको सम्भावना देखिएकाले यस अवधिमा अत्यन्त जरुरी नपरी टाढाको यात्रा नगर्न सुझाव दिएको हो ।

जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेदेखि २० गतेसम्म देशका खासगरी कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना देखाएको छ । यस क्रममा नारायणी, बागमती, कमला र कोसी नदीमा बहाब खतरा तह आसपास पुग्न सक्ने विभागको पूवानुमान छ ।

विशेषगरी बागमती प्रदेशको काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोसी प्रदेशको संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्ला भई वहने ससाना नदीहरूमा आकस्मिक बहाबको सम्भावना उच्च रहेको हुँदा सतर्कता अपनाउन र पूर्वतयारी गर्न विपद् प्राधिकरणले सुझाएको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ७ : ४६ बजे

अन्तिम खेलमा कर्णाली याक्सको विजय, जनकपुर बोल्ट्स ४ विकेटले पराजित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत लिग

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अनियमितता : पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा व्यापक अनियमितता भएको निष्कर्षपछि

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस पनि गयो सर्वोच्च अदालत

काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ र

मधेस प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेको सम्पूर्ण निर्णय बदर

काठमाडौं । मधेस प्रदेश सरकारले कात्तिक २३ गतेदेखि मंसिर १७

प्रधानमन्त्रीद्वारा निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण