१२ असार २०८३, शुक्रबार | June 26, 2026

नेवार समुदायले मनाए मोहनी नखः



भक्तपुर । भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् । विजयादशमीको दिन आज मान्यजनको हातबाट मोहनी सिः न अर्थात कालो टीका, राटो टीका, जमरा ग्रहण गरी मोहनी नःख मनाएका हुन् ।

यहाँका नेवार समुदायले नवदुर्गा भवानीको पुजा गर्ने क्रममा महानवमीको दिनमा घरघरमा पालामा दियो बालेर त्यसको माथिबाट अर्को पालाले छोपेर पालामा जम्मा भएको कालो ध्वाँसोलाई नै मोहनी सिःनं (कालो टीका) बनाएका हुन्छन् ।

विजयादशमीको दिन बल र विजयीको प्रतीकका रुपमा रातो अक्षता, जमरा, र निधारको बीचमा मोहनी सिः नं. अर्थात कालो टीका लगाएर दसैँ मोहिनी नखः मनाएको भक्तपुरका संस्कृतकर्मी प्रकाश कायस्थले जानकारी दिए ।

असत्यमाथि सत्यको विजय उत्सव अर्थात आजको दिन त्रिपुरा सुन्दरी भगवती प्रकट भई महिषासुर देत्यलाई मोहनी लगाई लठ्याएर बध गरेको दिनका रुपमा समेत लिने गरेको उनले जानकारी दिए ।

मोहनी सिःनंलाई तान्त्रिक शक्ति, मोहनी शक्तिको रुपमा समेत लिने गरिएको छ । आज बिहान टीकाको शुभसाइतमा घरघरमा कालो टीका अर्थात मोहनी सिः नं लगाएपछि घरघरबाट ब्रम्हायणी मन्दिरमा पूजा लिएर दर्शन गर्न जाने परम्पराअनुसार आज दिनभर र रातिसम्म भक्तपुरको व्रम्हायणी मन्दिरमा भव्य मेला लागेको छ ।

ब्रम्हायणी मन्दिरमा हजारौ दर्शनार्थीहरुले आज बाजागाजासहित शक्तिपीठका रुपमा रहेको व्रम्हायणी देवीको रुपमा पूजा एवं दर्शन गर्ने जानकारी दिँदैकालो टीकालाई धार्मिक, संस्कृति र तान्त्रिक शक्तिको रुपमा नेवार समुदायले ग्रहण गर्ने गरेको संस्कृतिविद् प्रकाश कायस्थले जानकारी दिए ।

आज मध्यराति तलेजुमा खड्ग जात्रा सम्पन्न भएपछि मात्रै मोहनी नखः सम्पन्न हुन्छ । राति ब्रम्हायणीबाट नवदुर्गा देवगण तलेजु आएर नवदुर्गाको दिदी तलेजुलाई ढोग गरी मन्त्र सिद्ध गरेपछि नवदुर्गा र खड्ग जात्रा गरी तलेजुलाई बोकेर भव्य जात्रा गरी तलेजुको बाहन सेतो घोडालाई पछि लगाउँदै नगरपालिका परिक्रमा गरेपछि मोहनी नखः सम्पन्न हुने उनले जानकारी दिए ।

मोहनी नखः कहिलेबाट सुरु भयो भन्ने यकिन तथ्य भने छैन । दसैंमा अवसरमा खड्गयात्रा (पायाः) को चलन भएकाले यसको थिति नेपालमा तन्त्रयानको प्रादुर्भाव भएदेखि सुरु भएको मान्यता रहदै आएको छ ।

मोहनीको मुख्य विशेषता भनेकै मोहनी सिन्हः हो । मोहनीका बेला नेवारहरू निम्तो आएको ठाउँमा ‘नखत्या’ (छोरीचेलीलाई बोलाउने) जाने चलन छ ।

राजा हरिसिंहदेवले नेपाल संवत् ४४४ मा भारतबाट नेपालमा तलेजु भवानीलाई लिएर आएदेखि मोहनी नखः मनाउन थालिएको भन्ने भनाइ पनि रहदै आएको छ । त्यसो त बौद्ध धर्मावलम्बीहरुले पनि मोहनी नखः फरक महत्वका साथ मनाउने गरेका छन् ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  १० : २३ बजे

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३

श्रीमती हत्या अभियोगमा जीतबहादुरलाई २६ वर्ष कैद

पर्वत । मोदी गाउँपालिका–६, तिलाहारका ५१ वर्षीय जीतबहादुर विकलाई आफ्नै

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक

चलचित्र ‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनि काठमाडौं । आगामी

रास्वपा महाधिवेशन : रु ५० करोडभन्दा बढीको व्यापार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको