१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

मुक्तिनाथमा छ महिने महायज्ञ समापन



मुस्ताङ । हिन्दु तथा बौद्धमार्गीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा छ महिना लामो महायज्ञ आज समापन भएको छ । मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको उपस्थितमा यहाँ आयोजित महायज्ञ विधिवत रुपमा विशेष पुजापाठसहित समापन गरिएको हो ।

यहाँ कालिगण्डकी शालिग्राम तथा मुक्तिनाथको प्रचार÷प्रसार गर्ने, धार्मिक आस्थालाई एकअर्कासंग जोड्ने र विश्वशान्तिको कामना गर्दै मुक्तिनाथमा चैत रामनवमीदेखि विशाल महायज्ञ सुरु गरिएको थियो । स्वामी जगतगुरु कमलनयनाचार्य मुक्तिनाथ बाबाको सङ्कल्पअनुसार त्रिवेणीस्थित गजेन्द्र मोक्षधामबाट मुक्तिनाथधामसम्म विशाल रथयात्रा गर्दै महायज्ञ आयोजना गरिएको थियो ।

आज बडादसैँको शुभदिनमा विधिवत रुपमा पुजापाठ सहित महायज्ञ पूर्ण आहुती विर्सजन भएको कागबेनीधामका पुजारी प्रताप आचार्यले जानकारी दिए ।

मुक्तिनाथमा आयोजित महायज्ञको पूर्ण आहुतिसँगै पुनः मुक्तिनाथधामबाट रथयात्रा सुरु भइ त्रिवेणी स्थित गजेन्द्र मोक्ष दिव्यधामसम्म रथयात्रा प्रस्थान गर्ने कार्यक्रम रहेको पुजारी प्रताप आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  १० : २८ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ