मुस्ताङ । हिन्दु तथा बौद्धमार्गीहरुको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथधाममा छ महिना लामो महायज्ञ आज समापन भएको छ । मुक्तिनाथ मन्दिरका पिठादिश्वर जगतगुरु स्वामी कमलनयनाचार्यको उपस्थितमा यहाँ आयोजित महायज्ञ विधिवत रुपमा विशेष पुजापाठसहित समापन गरिएको हो ।
यहाँ कालिगण्डकी शालिग्राम तथा मुक्तिनाथको प्रचार÷प्रसार गर्ने, धार्मिक आस्थालाई एकअर्कासंग जोड्ने र विश्वशान्तिको कामना गर्दै मुक्तिनाथमा चैत रामनवमीदेखि विशाल महायज्ञ सुरु गरिएको थियो । स्वामी जगतगुरु कमलनयनाचार्य मुक्तिनाथ बाबाको सङ्कल्पअनुसार त्रिवेणीस्थित गजेन्द्र मोक्षधामबाट मुक्तिनाथधामसम्म विशाल रथयात्रा गर्दै महायज्ञ आयोजना गरिएको थियो ।
आज बडादसैँको शुभदिनमा विधिवत रुपमा पुजापाठ सहित महायज्ञ पूर्ण आहुती विर्सजन भएको कागबेनीधामका पुजारी प्रताप आचार्यले जानकारी दिए ।
मुक्तिनाथमा आयोजित महायज्ञको पूर्ण आहुतिसँगै पुनः मुक्तिनाथधामबाट रथयात्रा सुरु भइ त्रिवेणी स्थित गजेन्द्र मोक्ष दिव्यधामसम्म रथयात्रा प्रस्थान गर्ने कार्यक्रम रहेको पुजारी प्रताप आचार्यले जानकारी दिए ।


















प्रतिक्रिया