८ पुस २०८२, मंगलबार | December 23, 2025

नेपाली महिला टोली आज मलेसियासँग दोस्रो टी–२० खेल्दै



काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले मलेसियासँगको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेल आज (शनिबार) खेल्दैछ । पहिलो खेलमा तीन रनले पराजित भएको नेपालले आजको खेलमा जित निकाल्ने लक्ष्य राखेको छ ।

मलेसियाको बायुमास ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान १०:१५ बजे सुरु हुनेछ । सोही मैदानमा बिहीबार भएको पहिलो खेलमा १०५ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन मात्र बनाउन सक्दा तीन रनले हार व्यहोरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपालले मलेसियाविरुद्ध कुल पाँच वटा अन्तर्राष्ट्रिय खेल खेल्नेछ। बाँकी तीन खेल असोज १९, २१ र २२ गते हुनेछन् ।

इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले सिरिज सुरु हुनुअघि मलेसियामा तयारी खेलहरू खेलेको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : २० बजे

बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज वर्कसप’ क्याननमा

बुटवल । क्यानन माध्यमिक विद्यालयले बुटवलमै पहिलो पटक ‘डिजाईन च्यालेन्ज

स्कलर्स होमको ३४ औँ स्थापना दिवसमा १२ जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिता हुँदै

बुटवल । स्कलर्स होम सेकेण्डरी स्कुलले आफ्नो ३४ औँ स्थापना

प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल शुरु

बुटवल । प्रथम निशान न्यौपाने स्मृति सेभेन ए साईड फुटबल

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप