४ आश्विन २०८३, आइतबार | September 20, 2026

आजैदेखि २० गतेसम्म लामो दूरीको यातायात सञ्चालनमा रोक

काठमाडौं उपत्यका भित्रिन र बाहिरिन नपाइने



काठमाडौं। निरन्तरको वर्षा र सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै सरकारले आगामी तीन दिन लामो दूरी र काठमाडौं उपत्यकाभित्रिने बाहिरिने विभिन्न सवारी साधनको सञ्चालनमा अस्थायी रोक लगाउने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा असोज १८ देखि २० गतेसम्म सवारी सञ्चालनमा रोक लगाएको हो ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८–२० गतेसम्म देशका विभिन्न प्रदेशमा लगातार भारी वर्षा हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा वर्षा र त्यसबाट हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद् हुने उच्च सम्भावना रहेकाले जनताको सुरक्षालाई ध्यानमा राखी लामो दूरीका साथै उपत्यकाभित्र चल्ने भित्रिनेरबाहिरिने सवारी साधन असोज १८, १९ र २० गतेका लागि यातायात सञ्चालनमा बन्द गरिएको हो।

विपद् व्यवस्थापन प्राधिकरणले यात्रुहरूको सुरक्षाका लागि यो कदम आवश्यक भएको जनाउँदै यात्रामा जानैपर्ने भए आधिकारिक सूचना र विपद् सम्बन्धी जानकारी निरन्तर सुन्न तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

सरकारले मौसमलगायत सम्बन्धित निकायका सूचना रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत निरन्तर प्राप्त गर्दै सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

 

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ९ : ४५ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल