२८ कार्तिक २०८२, शुक्रबार | November 14, 2025

आजैदेखि २० गतेसम्म लामो दूरीको यातायात सञ्चालनमा रोक

काठमाडौं उपत्यका भित्रिन र बाहिरिन नपाइने



काठमाडौं। निरन्तरको वर्षा र सम्भावित विपद् जोखिमलाई मध्यनजर गर्दै सरकारले आगामी तीन दिन लामो दूरी र काठमाडौं उपत्यकाभित्रिने बाहिरिने विभिन्न सवारी साधनको सञ्चालनमा अस्थायी रोक लगाउने निर्णय गरेको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार सार्वजनिक गरेको विज्ञप्तिमा असोज १८ देखि २० गतेसम्म सवारी सञ्चालनमा रोक लगाएको हो ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८–२० गतेसम्म देशका विभिन्न प्रदेशमा लगातार भारी वर्षा हुने सम्भावना रहेको प्राधिकरणले जनाएको छ।

विशेषगरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा वर्षा र त्यसबाट हुने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद् हुने उच्च सम्भावना रहेकाले जनताको सुरक्षालाई ध्यानमा राखी लामो दूरीका साथै उपत्यकाभित्र चल्ने भित्रिनेरबाहिरिने सवारी साधन असोज १८, १९ र २० गतेका लागि यातायात सञ्चालनमा बन्द गरिएको हो।

विपद् व्यवस्थापन प्राधिकरणले यात्रुहरूको सुरक्षाका लागि यो कदम आवश्यक भएको जनाउँदै यात्रामा जानैपर्ने भए आधिकारिक सूचना र विपद् सम्बन्धी जानकारी निरन्तर सुन्न तथा स्थानीय प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

सरकारले मौसमलगायत सम्बन्धित निकायका सूचना रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत निरन्तर प्राप्त गर्दै सुरक्षित रहन सर्वसाधारणलाई आग्रह गरेको छ।

 

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ९ : ४५ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको यही कात्तिक २९ गते

धनुषामा गोली प्रहार गरी वडाध्यक्षको हत्या, मकवानपुरमा गोली हानी पुजारीको हत्या

धनुषा । मिथिला बिहारी नगरपालिकाका–१ का वडा अध्यक्ष विन्देश्वर यादवको

मतदाता नामावली दर्ता गर्ने म्याद मंसिर ५ गतेसम्मका लागि थपियो

काठमाडौं । मतदाता नामावली दर्ता गर्नेहरुको भीड दिनप्रतिदिन बढ्न थालेपछि

अझै गति बढाएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हालसम्मको कार्यप्रगति सन्तोषजनक नभएकाले अझै

प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आ-आफ्नो सम्पत्ति विवरण

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसहित १० जना मन्त्रीले आआफ्नो सम्पत्ति