२० जेष्ठ २०८३, बुधबार | June 4, 2026

महिला क्रिकेट : नेपालसँग मलेसिया पराजित



काठमाडौं । अन्तरराष्ट्रिय महिला टी-२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको छ ।

मलेसियाको क्वालालम्पुरस्थित बायुमास मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई छ ‘विकेट’ले पराजित गर्दै जित हासिल गरेको हो । यससँगै यो शृङ्खलामा नेपालले पहिलो जित दर्ता गराएको छ । यसअघि नेपाल मलेसियासँग पहिलो खेलमा तीन ‘रन’ले पराजित भएको थियो ।

आज मलेसियाले जितका लागि दिएको ९२ रनको लक्ष्य पच्छ्याएको नेपाल १६ दशमलव दुई ओभरमा चार विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । नेपालका लागि पूजा महतोले सर्वाधिक ३९ रन बनाइन् । त्यस्तै कप्तान इन्दु बर्मा २७ रनमा अविजित रहिन् भने रुबी पोद्दारले १५ रन बनाइन् । मलेसियाकी आयना हमिजाले दुई विकेट लिइन् भने नुर दानिया स्युहादा र नुर आलियाले समान एक/एक विकेट लिए ।

त्यसअघि ‘टस’ हारेर पहिले ‘ब्याटिङ’को निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा चार विकेट गुमाएर ९१ रनको योगफल बनाएको थियो । मलेसियाका लागि आइना हमिजाले सर्वाधिक ५० रन योगदान दिएकी थिइन् । त्यस्तै कप्तान विनिफ्रेड दुरासिंघमले १५ रन बनाइन् ।

नेपालकी सोमु विष्टले दुई तथा तथा कविता कुँवरले एक विकेट लिए । योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृङ्खला १–१ को बराबरीमा छ । नेपालले आगामी जनवरीमा घरेलु मैदानमा नै हुने आइसिसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप उक्त शृङ्खला खेलेको हो ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १२ : ०१ बजे

तापक्रममा वृद्धि, भैरहवामा ४१, नेपालगन्जमा ३९, काठमाडौँमा पनि बढ्यो

काठमाडौँ । नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन : एमालेका चार र जसपाका एक गरी पाँच नयाँ मन्त्री नियुक्त

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै

चार हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयमा रुपन्देहीको वर्चश्व

काठमाडौँ । मुलुकभरका सामुदायिक विद्यालयमध्ये चार हजारभन्दा बढी विद्यार्थी हुनेमा

चोरी भएका सवारीसाधन हस्तान्तरण

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४०

पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द

मुस्ताङ । यहाँको पोखरा–जोमसोम नियमित हवाई सेवा बन्द भएको छ