काठमाडौँ । सरकारले सबै मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई आजै अनिवार्य रूपमा कार्यस्थल पुगिसक्न निर्देशन दिएको छ । देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको भन्दै सबै मन्त्रालय अन्तर्गतका जिल्लास्थित कार्यालय प्रमुखहरूलाई आजै अनिवार्य रूपमा कार्यस्थल पुगिसक्न सरकारले निर्देशन दिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज एक सूचना जारी गर्दै सम्भाब्य जोखिम न्युनिकरण गर्न, सतर्कता अपनाउन, पूर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि पनि कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि सबै जिल्ला समन्वय अधिकारी तथा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूलाई निर्देशन कार्यान्वयन हुने व्यवस्था गर्न गर्न शनिबार पत्राचार गरेको शनिबार जारी सूचनामा उल्लेख छ ।




















प्रतिक्रिया