१२ माघ २०८२, सोमबार | January 26, 2026

उद्धार तथा राहतमा जुट्न कांग्रेस महामन्त्री थापाको आह्वान



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपद्को अवस्थामा सबै नागरिक, कांग्रेस नेता कार्यकर्ता तथा जनप्रतिनिधिलाई राहत तथा उद्धारमा जुट्न आग्रह गरेका छन् ।

उनले आज सार्वजनिक गरेको वक्तव्यमा सरकारले जारी गरेका सूचनालाई व्यापक रूपमा प्रचारप्रसार गर्न र सम्भावित जोखिममा रहेका स्थानका जनतालाई सचेत गराउन पनि आग्रह गरेका हुन् ।

“भारी वर्षाले सिर्जित विपद्को यो अवस्थामा म आमनेपाली नागरिक, नेपाली कांग्रेसका साथीहरू, स्थानीय तह तथा प्रदेशका निर्वाचित प्रतिनिधिलाई सरकारले जारी गरेका सूचना व्यापक रूपमा फैलाउन र सम्भावित विपद्को समयमा आफ्नो ख्याल गर्दै उद्धार, राहत र सेवामा जुट्न अनुरोध गर्दछु”, महामन्त्री थापाले भनेका छन् ।

उनले पार्टीका सबै तहका कार्यकर्तालाई पनि पार्टीले जारी गरेका निर्देशन र सूचनालाई आत्मसात् गर्दै आफ्ना ठाउँमा सक्रिय रहन आग्रह गरेका छन्। महामन्त्री थापाले विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै सबै निकाय र जनशक्तिलाई साझा जिम्मेवारीका साथ अग्रपङ्क्तिमा खटिनु समयको माग भएको बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : ५२ बजे

गगनलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने पार्टी केन्द्रको निर्णय सबैले पालना गर्नुपर्छ : मीन विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले

चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघ गणना : एकभाग बाँकी

चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा गत पुस ३

बेलहिया नाका हुँदै नेपाल आउने पर्यटकलाई राष्ट्रिय झण्डाबाट स्वागत

रुपन्देही । रुपन्देहीको सीमा नाका बेलहियानाका हुँदै नेपाल आउने पर्यटकलाई

झापामा ५५ जना नयाँ कुष्ठरोगी फेला

झापा । झापामा पछिल्लो ६ महिनाको अवधिमा ५५ जना नयाँ

देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २४ वटा विपद्का घटना