३ असार २०८३, बुधबार | June 17, 2026

उद्धार तथा राहतमा जुट्न कांग्रेस महामन्त्री थापाको आह्वान



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विपद्को अवस्थामा सबै नागरिक, कांग्रेस नेता कार्यकर्ता तथा जनप्रतिनिधिलाई राहत तथा उद्धारमा जुट्न आग्रह गरेका छन् ।

उनले आज सार्वजनिक गरेको वक्तव्यमा सरकारले जारी गरेका सूचनालाई व्यापक रूपमा प्रचारप्रसार गर्न र सम्भावित जोखिममा रहेका स्थानका जनतालाई सचेत गराउन पनि आग्रह गरेका हुन् ।

“भारी वर्षाले सिर्जित विपद्को यो अवस्थामा म आमनेपाली नागरिक, नेपाली कांग्रेसका साथीहरू, स्थानीय तह तथा प्रदेशका निर्वाचित प्रतिनिधिलाई सरकारले जारी गरेका सूचना व्यापक रूपमा फैलाउन र सम्भावित विपद्को समयमा आफ्नो ख्याल गर्दै उद्धार, राहत र सेवामा जुट्न अनुरोध गर्दछु”, महामन्त्री थापाले भनेका छन् ।

उनले पार्टीका सबै तहका कार्यकर्तालाई पनि पार्टीले जारी गरेका निर्देशन र सूचनालाई आत्मसात् गर्दै आफ्ना ठाउँमा सक्रिय रहन आग्रह गरेका छन्। महामन्त्री थापाले विपद् व्यवस्थापनमा सङ्घ, प्रदेश र स्थानीय सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको भन्दै सबै निकाय र जनशक्तिलाई साझा जिम्मेवारीका साथ अग्रपङ्क्तिमा खटिनु समयको माग भएको बताए ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : ५२ बजे

सभामुख अर्यालसँग बङ्गलादेशका राजदूतको भेट

काठमाडौं । सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत

फोहोर बेचेर व्यास नगरपालिकाले गर्यो २४ लाख भन्दा बढि आम्दानी

दमौली । दमौलीको सदरमुकामस्थित व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरी

ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मास्युटिकल्सलाई प्राप्ति गर्ने

काठमाण्डौ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्राइभेट लिमिटेडलाई

कालीगण्डकीमा जलाशय बनेपछि माझी तथा बोटेको पेसा सङ्कटमा

गण्डकी । स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी नदीमा जलविद्युत् आयोजनाको बाँध निर्माण

चिया निर्यात समस्या समाधान गर्न सरकारसँग कांग्रेस सचेतक राईको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले भारततर्फ नेपाली