४ आश्विन २०८३, आइतबार | September 20, 2026

‘विद्युतीय संरचनामा क्षतिपुग्न नदिन उच्च सतर्कता अपनाइएको छ’



काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षापछि हुने बाढीपहिरो तथा डुबानका कारण विद्युतीय संरचनामा क्षति पुग्न नदिन उच्च सतर्कता अपनाइएको जनाएको छ । विद्युतीय संरचनामा क्षति पुग्न नदिन र विद्युत सेवा अवरुद्ध भएमा मर्मतसम्भार गरी तत्कालै सेवा सञ्चालन गर्न कर्मचारीलाई तयारी अवस्थामा राखिएको पनि प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले विपद्का कारण ‘ग्रिड सबस्टेसन’, विद्युत् उत्पादनगृह र वितरण सबस्टेसनलगायत संरचनामा हुनसक्ने सम्भावित क्षतिलाई आकलन गरी पूर्वतयारी गरिएको बताए ।

‘विद्युतगृहको बाँधस्थलमा रहेका गेट सञ्चालनका लागि एक सिफ्टमा ३÷३ जना कर्मचारी खटिन गरेकोमा हाल ६÷६ जना जना रहने व्यवस्था गरिएको छ । डुबान भएमा पानी फाल्न पम्पहरू तयारी अवस्थामा राखिएका छन् । पहिरोको खतरा भएका ठाउँमा पनि सतर्कता अपनाइएको छ”, उनले भने,“विद्युतीय संरचनामा क्षति पुगेमा तुरुन्तै सम्बन्धित वितरण केन्द्र, नो लाइट वा सहायता कक्ष एवम् हटलाइन नम्बर ११५० मा जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।”

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  १० : ३६ बजे

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।

साउदी अरबमाथि भएको हुथी आक्रमणको यमन सरकारद्वारा कडा शब्दमा निन्दा

यमन । यमनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सरकारले साउदी अरबको

परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीतिक शाखा स्थापना

काठमाडौं । परराष्ट्र मन्त्रालयले जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई संस्थागत