१६ माघ २०८२, शुक्रबार | January 30, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुचारु



काठमाडौं । अविरल वर्षाका कारण हिजोदेखि स्थगित भएका आन्तरिक हवाई उडानहरू आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, मौसम अनुकूल बनेका केही स्थानतर्फका उडान आज बिहानैबाट सुरु भएका हुन् ।

कार्यालयले जनाएको अनुसार काठमाडौंबाट नेपालगञ्ज र भद्रपुरतर्फका उडान सम्पन्न भएका छन् । साथै, पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको जानकारी प्राप्त भएपछि ती रुटमा पनि उडान पुनः सञ्चालन गरिएको हो ।

यसअघि लगातारको वर्षाका कारण दृश्यता न्यून हुँदा सबै आन्तरिक उडान स्थगित गरिएका थिए ।

अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित रूपमा सञ्चालन हुँदै आएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ८ : ४९ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र