७ आश्विन २०८३, बुधबार | September 23, 2026

पछिल्लो १२ घण्टामा कोशी प्रदेशको झापा र इलाम क्षेत्रमा सबैभन्दा बढी वर्षा

इलाममा मृत्यु हुनेको संख्या ३४ पुग्यो



काठमाडौँ । पछिल्लो १२ घण्टामा कोशी प्रदेशको झापा र इलाम क्षेत्रमा सबैभन्दा बढी वर्षा भएको छ । आज पनि मौसम बदली भई मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बुलेटिनमार्फत जानकारी दिएको छ ।

महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी इलामको सूर्योदयमा २४२.६ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो १२ घण्टामा झापाको बाहुन डाँगीमा १९५.४, इलाम टि स्टेटमा १७८.४, अर्नाबारी बिर्तामा १३४ र चन्द्रागढी एयरपोर्टमा १२५.४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार काठमाडौँमा आइतबार बिहानदेखि वर्षा रोकिएसँगै पूर्वतिर मनसुनी वर्षा धकेलिएको हो । शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपालबाहेकको क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।

आज दिनभर नै कोशी प्रदेशका अधिकांश भाग, मधेस प्रदेश र बागमती प्रदेशका केही भागमा वर्षा हुने विभागले जनाएको छ ।

इलाममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
अविरल वर्षाका कारण गएको पहिरोमा परी इलाममा हालसम्म मृत्यु हुनेको संख्या ३४ पुगेको छ । इलामको सूर्योदय-१ मा ५, इलाम नगरपालिका-१ मा ६ जना, देउमाइमा ८, फाकफोकथुपमा १, माङ्सेबुङमा ३, माइजोगमाइमा ७ र सन्दकपुरमा ४ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पहिरोका कारण घर पुरिएपछि यतिधेरै संख्यामा मानवीय क्षति भएको हो । पहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकायहरुले उद्दार कार्य गरिरहेका छन् । घाइतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि लैजान थालिएको हो ।

 

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १ : ५८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई