६ माघ २०८२, मंगलबार | January 20, 2026

पछिल्लो १२ घण्टामा कोशी प्रदेशको झापा र इलाम क्षेत्रमा सबैभन्दा बढी वर्षा

इलाममा मृत्यु हुनेको संख्या ३४ पुग्यो



काठमाडौँ । पछिल्लो १२ घण्टामा कोशी प्रदेशको झापा र इलाम क्षेत्रमा सबैभन्दा बढी वर्षा भएको छ । आज पनि मौसम बदली भई मनसुनी वायुको प्रभावले पूर्वी नेपाल थप प्रभावित बनाउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले बुलेटिनमार्फत जानकारी दिएको छ ।

महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी इलामको सूर्योदयमा २४२.६ मिलिमिटर वर्षा भएको छ ।

पछिल्लो १२ घण्टामा झापाको बाहुन डाँगीमा १९५.४, इलाम टि स्टेटमा १७८.४, अर्नाबारी बिर्तामा १३४ र चन्द्रागढी एयरपोर्टमा १२५.४ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विभागका अनुसार काठमाडौँमा आइतबार बिहानदेखि वर्षा रोकिएसँगै पूर्वतिर मनसुनी वर्षा धकेलिएको हो । शुक्रबार र शनिबारको वर्षाले पश्चिम नेपालबाहेकको क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।

आज दिनभर नै कोशी प्रदेशका अधिकांश भाग, मधेस प्रदेश र बागमती प्रदेशका केही भागमा वर्षा हुने विभागले जनाएको छ ।

इलाममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
अविरल वर्षाका कारण गएको पहिरोमा परी इलाममा हालसम्म मृत्यु हुनेको संख्या ३४ पुगेको छ । इलामको सूर्योदय-१ मा ५, इलाम नगरपालिका-१ मा ६ जना, देउमाइमा ८, फाकफोकथुपमा १, माङ्सेबुङमा ३, माइजोगमाइमा ७ र सन्दकपुरमा ४ जनाको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

पहिरोका कारण घर पुरिएपछि यतिधेरै संख्यामा मानवीय क्षति भएको हो । पहिरो प्रभावित क्षेत्रमा सुरक्षा निकायहरुले उद्दार कार्य गरिरहेका छन् । घाइतेहरुलाई हेलिकप्टरबाट उपचारका लागि लैजान थालिएको हो ।

 

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  १ : ५८ बजे

नवलपुर-१ मा शशांकको यात्रामा पूर्णबिराम, कांग्रेसको टिकट गजेन्द्र आले मगरलाई

नवलपुर । नवलपुरको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ बाट

नेपालगन्ज-गुलरिया हुलाकी राजमार्ग : पेडारीमा निर्माणाधीन पुल अन्तिम चरणमा

बाँके । नेपालगन्ज-गुलरिया हुलाकी राजमार्गअन्तर्गत खजुरा गाउँपालिका-३ स्थित पेडारी नालामा

जोमसोमका पानीघट्ट स्तरोन्नति

मुस्ताङ । यहाँको घरपझोङ गाउँपालिका-४ जोमसोममा वर्षौंदेखि प्रयोगविहीन अवस्थामा रहेको

देउवाको क्षेत्र डडेलधुराबाट कांग्रेसले नैनसिंह महरलाई बनायो उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी

मनोनयनको दिनलाई ओलीको सन्देश- ‘भत्किएका सपना आजबाट फेरि जगाउँदै सुन्दर भविष्यको यात्रा सुरु’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको