५ चैत्र २०८२, बिहिबार | March 19, 2026

सबैको सतर्कताले मानवीय क्षति कम भयो : मन्त्री घिसिङ



काठमाडौं । ऊर्जा, भौतिक पुर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सबैको सतर्कताले मानवीय क्षति कम भएको बताएका छन् । पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री घिसिङले सरकारको सतर्कतका कारण बाढीका कारण मानवीय क्षति नभएको दाबी गरे ।

उनले वर्षापछि आएको पहिरोमा परेर इलाममा मानवीय क्षति भएको बताउँदै त्यो बाहेक अन्य क्षेत्रमा मानवीय क्षति न्यून भएको बताए । वर्षापछि आएको बाढी तथा पहिरोका कारण विभिन्न क्षेत्रमा भौतिक क्षति पुगेको बताउँदै मन्त्री घिसिङले त्यसलाई सरकारले प्राथमिकताका साथ पुर्ननिर्माणमा लाग्ने बताए ।

‘नदी नजिकको बस्ती बगाएर अथवा सडक भत्किएर कुनै पनि क्षति भएको छैन’, उनले भने, ‘अवरुद्ध सडकहरू तत्कालै खोल्ने तयारीमा सरकार लागेको छ ।’ काठमाडौंबाट पश्चिमको तर्फका सडक तत्कालै खोल्नेतर्फ अघि बढेको बताए ।

उनले इलाममा ३५१ मिलिमिटरको पानी परेर अतिवृस्टी भएको उल्लेख गर्दै जसले गर्दा पहिरोमा परेर मानवीय क्षति हुन पुगेको बताए ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ३ : २५ बजे

बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद

काठमाडौं । जनकपुरधाम उपमहानगरपालिका-१४ धनुषाकी रुबी कुमारीलाई सानैमा बिहेका प्रस्ताव

रविको मुद्दामा अभियोगपत्र संशोधनसम्बन्धी निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि

तीन दिन भारी वर्षा र हुरीको चेतावनी, सतर्क रहन आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी

भारतमा बन्धक बनाइएकी रुकुमकी युवतीको उद्धार

हिमाञ्चल । भारतको हिमाञ्चल प्रदेशमा बन्धक बनाइएकी एक नेपाली युवतीको

आयोगले राष्ट्रपतिलाई बुझायो प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपति