७ श्रावण २०८३, बिहिबार | July 23, 2026

दार्जिलिङमा भीषण पहिरो र बाढी, कम्तीमा २० जनाको निधन



कोलकाता । भारी वर्षाले निम्त्याएको बाढी र पहिरोका कारण उत्तरी भारतको दार्जिलिङ क्षेत्रमा कम्तीमा २० जनाको ज्यान गएको यस क्षेत्रका सांसदले आइतबार जानकारी दिएका छन् ।

पूर्वी राज्य पश्चिम बङ्गालको पहाडी जिल्लामा रातभरको भीषण वर्षाले ३०० मिलिमिटर ९१२ इन्च० भन्दा बढी वर्षा हुँदा नदीहरूमा आएको भेलले गाउँ तथा पूर्वाधारहरूमा ठूलो क्षति पुर्‍याएको छ ।

पानीको प्रचण्ड भेलले पुलहरू भत्काइदिएको छ र सडकहरू ध्वस्त पारेका छन् ।

“गत रात दार्जिलिङ पहाडमा आएको भीषण आँधी–वर्षाका कारण २० जनाभन्दा बढीले ज्यान गुमाएका छन्”, भारतको माथिल्लो सदनका सांसद हर्षवर्धन शृङ्गलाले भने ।

प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घटनामा गहिरो दुःख व्यक्त गर्दै ‘ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जलि व्यक्त गर्दछु । दार्जिलिङ र आसपासका क्षेत्रमा वर्षा र पहिरोपछि उत्पन्न अवस्थालाई सरकार निरन्तर निगरानी गरिरहेको छ’ भनेर सामाजिक सञ्जालमा लेखेका छन् ।

पश्चिम बङ्गालकी मुख्यमन्त्री ममता बनर्जीले पनि विज्ञप्ति जारी गर्दै भनेकी छिन्, “हिजो राति केही घण्टाभित्र परेको अप्रत्याशित भारी वर्षा र नदीमा आएको तीव्र भेलका कारण धेरै क्षेत्रहरू बाढी र पहिरोबाट प्रभावित भएका छन् ।”

मुख्यमन्त्री बनर्जीका अनुसार दुईवटा फलामका पुलहरू भत्किएका छन्, धेरै सडकहरू क्षतिग्रस्त भएका छन्, र ठूला क्षेत्रहरू पानीमा डुबानमा परेका छन् ।

दक्षिण एसियामा मनसुनको समयमा बाढी र पहिरो सामान्य भए पनि वातावरणविद्हरूका अनुसार जलवायु परिवर्तन र अव्यवस्थित विकासका कारण यस्ता प्राकृतिक विपद् हालका वर्षहरूमा झन् बारम्बार र घातक बन्दै गएका छन् ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ४ : ०० बजे

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट