काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की अवदेखि सामाजिक सञ्जालमा भेटिने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीको सामाजिक सञ्जाल सञ्चालनमा आएको जनाएको छ ।
प्रधानमन्त्री कार्यालयले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक सामाजिक सञ्जाल सार्वजनिक गरेको हो ।
कार्यालयका अनुसार प्रधानमन्त्रीलाई ट्वीटर (एक्स)मा खोज्न @pmsushilakarki मा जानुपर्नेछ भने फेसबुक र इन्स्टाग्रामका लागि PM sushila karki ([email protected]) मा खोज्न सकिने छ ।
यसअघि प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री कार्कीको कुनै आधिकारिक सामाजिक सञ्जाल नभएको जनाएको थियो । कार्यालयले फेक आइडी बनाएर साकाजिक सञ्जालमा देखिएको भन्दै भ्रममा नपर्न आग्रह समेत गरेको थियो ।




















प्रतिक्रिया