१९ श्रावण २०८३, मंगलबार | August 4, 2026

प्रधानमन्त्री कार्की अव सामाजिक सञ्जालमा भेटिने



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की अवदेखि सामाजिक सञ्जालमा भेटिने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्रीको सामाजिक सञ्जाल सञ्चालनमा आएको जनाएको छ ।

प्रधानमन्त्री कार्यालयले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै प्रधानमन्त्री सुशीला कार्कीको आधिकारिक सामाजिक सञ्जाल सार्वजनिक गरेको हो ।

कार्यालयका अनुसार प्रधानमन्त्रीलाई ट्वीटर (एक्स)मा खोज्न @pmsushilakarki मा जानुपर्नेछ भने फेसबुक र इन्स्टाग्रामका लागि PM sushila karki ([email protected]) मा खोज्न सकिने छ ।

यसअघि प्रधानमन्त्री कार्यालयले प्रधानमन्त्री कार्कीको कुनै आधिकारिक सामाजिक सञ्जाल नभएको जनाएको थियो । कार्यालयले फेक आइडी बनाएर साकाजिक सञ्जालमा देखिएको भन्दै भ्रममा नपर्न आग्रह समेत गरेको थियो ।

प्रकाशित मिति : १९ आश्विन २०८२, आइतबार  ९ : ३१ बजे

ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल

काठमाडौं । नेपाल सरकारका मुख्य सचिव गोविन्दबहादुर कार्कीले पछिल्लो समय

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक

ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता

कप्तानगञ्ज घटना : गृहमन्त्री आएपछि मात्रै शव उठाउने रविन्द्र मेहेताका परिवारको अडान

काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा प्रहरीको गोली लागेर घाइते

पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्लो २४ घण्टामा