२० भदौ २०८३, शनिबार | September 5, 2026

कोतघरमा सरायको रौनक, गुञ्जन थाल्यो ‘वाख्खै वा’



गुल्मी । दसैँ सकिएलगत्तै गुल्मीका कोतघरमा सरायको रौनक देखिएको छ । नेपालका पश्चिमी जिल्लामा सराय नाच्ने गरिन्छ । एकादशीदेखि कोजाग्रत पूर्णिमासम्म नाचिने सरायमा खुडा, भाला, तरवार, खुकुरी जस्ता युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरी ‘वाख्खै वा’ शब्द उच्चारण गरी गरिन्छ ।

गुल्मी, अर्घाखाँची, प्यूठान लगायतका जिल्लामा एकादशी, द्वाद्वसी, त्रायोदशी र पूर्णिमाको दिन फरक–फरक ठाउँमा सराय नाच्ने गरिन्छ । गुल्मीको इस्मा मैदान, धुर्कोट कालिका मन्दिर, वाग्ला कोत, राङदलचौर, कुमारीदेवी मन्दिरलगायतका स्थानमा सराय नाचिएको छ । पूर्णिमाको दिन धुर्कोट कोत, अर्जै, मुसिकोटलगायतका स्थानमा सराय नाचिन्छ । सरायमा बालबालिका, युवा, महिलाका साथै वृद्धवृद्धासमेत नाच्ने गरेको इस्मा कोटका पुजारी गोविन्द अर्यालले बताए ।

रङ्गीचङ्गी ध्वजापतकाले सिङ्गारिएको आलमलाई भगवान्को प्रतीकको रूपमा लिइन्छ । लाइनमा रहेका सयौँ भक्तजन एक समूहले अर्को समूहलाई आक्रमण गरे जस्तो देखिने सराय नाँच रमाइलो संस्कृतिका रूपमा लिइन्छ । राक्षससँगको लडाइँमा सत्यको विजयपछि सत्यका पुजारीले विजयोत्सव स्वरूप कोत र दुर्गा भगवती तथा कालिका मन्दिरमा हतियार नचाएर सराय नाच्न थालिएको हो । यसरी नाच्दा देवी प्रसन्न हुने धार्मिक विश्वास गरिन्छ ।

वाग्लाको वाग्ला माध्यमिक विद्यालयको प्राङ्गणमा विसं २०१५ भन्दा अगाडिदेखि नै सराय नाच्न थालिएको स्थानीयसमेत रहेका पूर्ववडाध्यक्ष हिमप्रसाद पन्थीले बताए । “तत्कालीन समयमा युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गरेर सराय नाचिन्छ”, पन्थीले भन्नुभयो, “युवा सहभागिताले सरायमा उत्साह थपेको छ ।”

इस्माकोट मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष कृष्णप्रसाद रिजालले परापूर्वकालदेखि नै सराय नाचिएको बताए । “सुरु भएको मिति त कसैलाई थाहा छैन, तर बाउ–बाजेका पालादेखि नै मैदानमा सराय नाचिएको छ”, उनले भने । इस्मामा छापाली र इस्माली भेट भएपछि सरायको औपचारिक सुरुआत हुन्छ । बाइसेचौबिसे राज्य हुँदाताका भुरे राजाले आफ्नो कोतमा सराय नाच नचाउने गरेपछि नै सराय सुरु भएको बूढापाका बताउँछन् ।

यस्तो छ सरायको किंवदन्ती

घटस्थापनादेखि नौ दिनसम्म देवीको पुजा गर्दा महाकाली उत्पति भइन् । पछि महाकाली ठूली हुँदै गइन् र राक्षसलाई मारिन् । त्यसपछि रामचन्द्रले राउण्डेलाई मारे । नौ दिनसम्म पूजा गरी राक्षसलाई मारेको उत्सवस्वरूप दसैँको टीका लगाउने प्रचलन बस्यो । त्यसैगरी राउण्डेलाई मारेको उत्सवमा हजारौँ वर्षअघि द्वापरयुगमा सराय खोल्न थालिएको इतिहास छ ।

संरक्षण गर्ने प्रयासमा स्थानीय तह

धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोखरेलले आफुहरूले धुर्कोट कोतलगायतका मन्दिरमा संरचना थप गर्ने, मर्मत गर्ने लगायतका काम गरेर सराय नाचलाई व्यवस्थित गर्न लागिपरेको बताए । “बसाइँ सरेका नागरिक पनि दसैँमा घर आउने भएकाले सरायमा उल्लेख्य सहभागिता देखिन्छ”, उनले भने, “सराय खेल्न युवा पुस्तालाई उत्प्रेरित गरेका छौँ ।” उनले प्रत्येक मन्दिरहरूमा सराय व्यवस्थित गर्नका लागि बजेटसमेत विनियोजन गरेको बताए ।

त्यस्तै इस्मा गाउँपालिकाका प्रमुख भगतसिंह खड्काले गाउँपालिका भित्रका विभिन्न कला संस्कृति र परम्परा जोगाउन आफुहरू योजनाबद्ध रूपमा लागेको बताए । उनले अहिले पञ्चेबाजा संरक्षण, मठ मन्दिरको संरक्षणलगायतका काम भइरहेकाले अब बिस्तारै ऐतिहासिक कला संस्कृतिको प्रचारप्रसार र जगेर्ना गर्नुपर्नेमा जोड दिए । त्यसैगरी रु एक करोडभन्दा बढीको लागतको इस्माकोटको मर्मत तथा पुनर्निर्माण गरिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  २ : १८ बजे

‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

काठमाडौं । म त पर्खेको पर्खै छु बतास बनी छुन

खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो

इलाम । परम्परागत खेतीबाट राम्रो आम्दानी लिन कठिन भइरहेका बेला

तिनाउमा बन्ने सिग्नेचर ब्रिजको ठेक्का सम्झौता, ३ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य

बुटवल । पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-गोरुसिङ्गे सडकखण्ड विस्तार योजनासँगै बुटवलस्थित तिनाउ

भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

काठमाडौं । श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा

भोटेकोशी बाढीमा ४,८९८ जना बेपत्ता, १,३४४ शव फेला

काठमाडौं । नेपाल प्रहरीले रसुवाको भोटेकोशीमा आएको बाढीपछिको खोज, उद्धार