१६ माघ २०८२, शुक्रबार | January 30, 2026

दसैंको १४ दिन अवधिमा लुम्बिनी प्रदेशमा ५३६ सवारी दुर्घटना, २२ जनाको मृत्यु



बुटवल । बडादसैँको १४ दिनको अवधिमा लुम्बिनी प्रदेशमा मात्र ५ सय ३६ वटा सवारी दुर्घटना हुँदा २२ जनाको ज्यान गएको छ । घटस्थापना अर्थात असोज ६ गतेदेखि १९ गतेसम्मको १४ दिनको अवधिमा प्रदेशका १२ वटा जिल्लामा ५ सय ३६ सवारी दुर्घटना हुँदा २२ जनाको ज्यान गएको हो ।

दुर्घटनामा परि १ सय ४८ जना गम्भीर घाइते र ५८७ जना सामान्य घाइते भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ । पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामा धेरै सवारी दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रवक्ता डीएसपी दीपेश बस्यालले जानकारी दिए ।

ढीएसपी बस्यालका अनुसार मृत्यु हुनेमा पुरुष १२ जना, महिला ७ जना र बालबालिका ३ जना रहेका छन् । गम्भीर घाइते हुनेमा पुरुष ९६ जना, महिला ३२ जना र बालबालिका १९ जना छन् । प्रहरीका अनुसार सबैभन्दा बढी पुरुष सामान्य घाइते भएका छन् । प्रहरीका अनुसार सामान्य घाइतेतर्फ ३ सय ७४ जना पुरुष, ४८ जना महिला र ७७ जना बालबालिका छन् ।

दसैँको १४ दिनको अवधिमा प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा धेरै दुर्घटना रुपन्देहीमा भएको तथ्यांकले देखाएको छ । डीएसपी बस्यालका अनुसार रुपन्देहीमा १ सय ३५ सवारी दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । यस्तै २० जना गम्भीर घाइते र १ सय १९ जना सामान्य घाइते भएका छन् ।

यस्तै बाँकेमा ९९ सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते १६ जना, सामान्य घाइते १ सय ४० जना भएका छन् । बर्दिया जिल्लामा ९३ सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ५५ जना गम्भीर घाइते भएका छन् । यहाँ ५३ जना सामान्य घाइते भएका छन् ।

यसैगरी नवलपरासी जिल्लामा ५० सवारी दुर्घटना हुँदा २ जना गम्भीर घाइते र ५७ जना सामान्य घाइते भएका छन् । कपिलवस्तु जिल्लामा ४४ सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु हुनका साथै २६ जना गम्भीर घाइते र ६३ जना सामान्य घाइते भएका छन् । पाल्पा जिल्लामा २३ सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । यी दुर्घटनामा एक जना गम्भीर घाइते र ४० जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

त्यस्तै प्युठानमा १३ वटा सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते, १४ जना सामान्य घाइते भएका छन् । रोल्पामा ७ वटा सवारी दुर्घटना हुँदा १३ जना सामान्य घाइते भएका छन् । पूर्वी रुकुममा एक सवारी दुर्घटना हुँदा एक जना गम्भीर घाइते र एक जना सामान्य घाइते भएका छन् ।

त्यसैगरी गुल्मीमा १९ सवारी दुर्घटना हुँदा ३ जना गम्भीर घाइते र २३ जना सामान्य घाइते भएका छन् । यस्तै अर्घाखाँचीमा १० वटा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते र २८ जना सामान्य घाइते भएका छन् । दाङमा ५० सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने गम्भीर घाइते १९ जना र सामान्य घाइते ३७ जना भएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १० : १७ बजे

मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस पल्टिँदा ३८ जना घाइते

काठमाडौं । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा नाइट बस दुर्घटना हुँदा ३८

काठमाडौं-तराई/मधेस द्रूतमार्ग निर्माणको प्रगति ४५ प्रतिशत

मकवानपुर । देशको राष्ट्रिय गौरवका आयोजनामध्ये सर्वाधिक प्राथमिकताप्राप्त काठमाडौं-तराई/मधेस द्रूतमार्ग

हिमपातपछि कोरला नाकाबाट निकासी तथा पैठारी प्रभावित

मुस्ताङ । मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल-चीन उत्तरी कोरलानाकाबाट

अन्यत्र निख्रिएपछि सुन्तला टिप्न थालेका बाँसखर्कका किसानले दोब्बर मूल्य पारे

म्याग्दी । अन्यत्रको निख्रिएपछि सुन्तला टिप्न थालेका पर्वतको जलजला गाउँपालिका-१

सम्भावित डुबान र कटान जोखिम कम गर्न बक्स कल्भर्ट निर्माण गर्दै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले बर्खाको समयमा हुने सम्भावित डुबान र