१४ चैत्र २०८२, शनिबार | March 28, 2026

नेपाल प्रहरीका १८ जना प्रहरी कर्मचारी सम्पर्क बाहिर, ७ दिनभित्र हाजिर नभए सेवाबाट हटाइने



काठमाडौँ । नेपाल प्रहरीका १८ जना प्रहरी कर्मचारी सम्पर्क बिहिन भएका छन् । सम्पर्क बाहिर रहेका प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालय नक्सालले तत्काल हाजिर हुन आउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज एक सूचना प्रकाशित गर्दै ७ दिनभित्र हाजिर हुन आग्रह गरेको हो ।

‘आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भई सक्दा समेत कार्यालयको सम्पर्कमा नआउनु भएकोले हाजिर हुन आउनेबारे यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ, ‘यो सूचना प्रकाशित भएको मितिले बाटोको म्याद बाहेक सात (७ं दिनभित्र आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला ।

तोकिएको मितिमा पनि सम्पर्कमा नआए प्रहरी नियमावली बमोजिम सेवाबाट हटाउने कारबाही हुने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  १० : ३९ बजे

ओलीलाई त्रिवि शिक्षण अस्पतालको ‘रेड जोन’ को २७ नम्बर बेडमा राखियो

काठमाडौं । जरुरी पक्राउ पूर्जी थमाएर पक्राउ गरिएका पूर्वप्रधानमन्त्री एवं

१६औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन (भेटकन २०२६) रुपन्देहीमा हुँदै

बुटवल । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको समन्वित विकासलाई

एमाले महासचिवको चेतावनी – प्रतिशोधको मूल्य धेरै महंगो पर्नेछ

काठमाडौं । अध्यक्ष केपी ओली पक्राउ परेपछि नेकपा एमालेका महासचिव

राजनीतिक प्रतिशोधविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्छु : रमेश लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले आफूलाई राजनीतिक प्रतिशोध र पूर्वाग्रहका

दाउन्नेको घ्यूखोलाबाट बस र ट्रक खोलामा खस्दा ३ जनाको मृत्यु, १५ घाइते

बुटवल । दाउन्ने क्षेत्रमा भीषण सवारी दुर्घटना हुँदा तीन जनाको