४ चैत्र २०८२, बुधबार | March 19, 2026

गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गर्ने एक व्यक्ति पक्राउ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री निवासमा आगजनी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार रूपन्देही तिलोत्तमा नगरपालिका–४ का २२ वर्षीय संजोक थापा पक्राउ परेका हुन्।

थापा हाल पोखरा महानगरपालिका–७, राष्ट्र बैंक चोकमा बस्दै आएका थिए। प्रहरी नायब उपरीक्षक तथा कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार भदौ १२ गते राति पोखरा–६, सहिदचोकस्थित मुख्यमन्त्री निवासमा आगजनी गरी फरार भएको सूचनाका आधारमा विशेष प्रहरी टोलीले थापालाई नियन्त्रणमा लिएको हो।

अनुसन्धानका क्रममा थापाले नेपाल राष्ट्र बैंक परिसर नजिकै रहेको एनआइएमबी बैंक लिमिटेडको एटिएम मेसिनमा ढुंगामुढा गरी स्क्रिन तोडफोड गरेको तथ्य पनि खुलेको प्रहरीले जनाएको छ।

यसअघि भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा समेत तोडफोड र आगलागीका घटना भएका थिए। ती घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  २ : ०९ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन