१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

गण्डकीका मुख्यमन्त्री निवासमा आगजनी गर्ने एक व्यक्ति पक्राउ



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री निवासमा आगजनी गरेको अभियोगमा एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार रूपन्देही तिलोत्तमा नगरपालिका–४ का २२ वर्षीय संजोक थापा पक्राउ परेका हुन्।

थापा हाल पोखरा महानगरपालिका–७, राष्ट्र बैंक चोकमा बस्दै आएका थिए। प्रहरी नायब उपरीक्षक तथा कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतका अनुसार भदौ १२ गते राति पोखरा–६, सहिदचोकस्थित मुख्यमन्त्री निवासमा आगजनी गरी फरार भएको सूचनाका आधारमा विशेष प्रहरी टोलीले थापालाई नियन्त्रणमा लिएको हो।

अनुसन्धानका क्रममा थापाले नेपाल राष्ट्र बैंक परिसर नजिकै रहेको एनआइएमबी बैंक लिमिटेडको एटिएम मेसिनमा ढुंगामुढा गरी स्क्रिन तोडफोड गरेको तथ्य पनि खुलेको प्रहरीले जनाएको छ।

यसअघि भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा समेत तोडफोड र आगलागीका घटना भएका थिए। ती घटनासँग सम्बन्धित अन्य व्यक्तिहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका थापामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  २ : ०९ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा