२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

देशमा सरकार नहुँदा पनि काठमाडौँ महानगर आफ्नो दायित्वबाट पछाडि हटेको थिएन : बालेन



काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँ महानगरपालिकाले जलेका संरचनाहरू नजोगाएको भन्ने गम्भीर आरोपको महानगर प्रमुख बालेन्द्र साह (बालेन) ले स्पष्टीकरण दिएका छन् ।

मंगलबार साँझ सामाजिक सञ्जालबाट महानगर प्रमुख बालेनले स्पष्टीकरण दिएका हुन् । मेयर साहले आन्दोलन सुरु भएदेखि २८ गतेसम्म महानगरको सम्पूर्ण संयन्त्र नागरिकको सुरक्षा र भौतिक संरचना जोगाउन रातदिन खटिएको दाबी समेत गरेका छन् ।

उनले आन्दोलनका क्रममा ५५ बढी स्थानमा महानगरको दमकल परिचालन भएको र स्वास्थ्यकर्मीको टोलीले घाइतेको उपचारदेखि मृतकको लास व्यवस्थापनसम्मको जिम्मेवारी लिएको उल्लेख गरेका छन् । मेयर साहले कुन कुन दिन कुन कुन स्थानमा दमकल पुग्यो, कहाँ कहाँ आगलागी निभाइयो सबै खुलाउने समेत प्रयास गरेका छन् ।

उनले सिंहदरबारमा लागेको आगो निभाउन पुगेको दमकललाई प्रदर्शनकारीले प्रवेश गर्न नदिएको दाबी गर्दै सिंहदरबार भित्रै रहेको नेपाली सेनाको दमकल समेत प्रयोग गर्न नदिईएको स्पष्ट पारेका छन् । साथै उनले आफूहरूले गरेको सबै कामको प्रमाण भएको पनि दाबी गरेका छन् ।

‘गत भदौ २४ गतेको दिन धेरैले बिर्सिसक्नुभयो होला। त्यो दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त थियो। एक हिसाबले भनौँ, त्यो बेला ‘राज्य’ नै ठप्प थियो। त्यो दिन देशमा सरकार त थिएन तर स्थानीय सरकार काठमाडौँ महानगर आफ्नो दायित्वबाट पछाडि हटेको थिएन,’ उनले लेखेका छन्, ‘तर पनि हाम्रो टिम दिनरात नभनी आगो निभाउन, घाइतेहरूको उपचार, कुरुवा र बिरामीको लागि खाना, लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन,रगत व्यवस्थापन, औषधि व्यवस्थापन, लास व्यवस्थापन, जलेका संरचनाहरूको तथ्यांक संकलन, जलेका गाडीहरूको व्यवस्थापन ,फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा व्यस्त थियो। जिउज्यानको जोखिम मोल्दै फिल्डमा खटिनुहुने सम्पूर्णप्रति सम्मान व्यक्त गर्दछु।’

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ८ : ३३ बजे

विश्वकप क्रिकेट लिग दुई : स्कटल्याण्डले ब्याटिङ गर्दै

काठमाडौं । विश्वकप क्रिकेट लिग २ को त्रिकोणात्मक शृङ्खलाअन्तर्गत स्कटल्याण्डविरुद्धको

रास्वपा केन्द्रीय समिति बैठक बुधबार

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न समसामयिक विषयमा

सञ्चार सुविधा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध

नयाँ सरकारको पहिलो नीति कार्यक्रम

काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन सोमबारदेखि सुरु भएको छ

धादिङको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते, ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ बैरेनीमा तीन वटा