९ कार्तिक २०८३, सोमबार | October 26, 2026

एक महिने कार्तिक स्नान, तुलसीको विशेष पूजा, आकाशदीप दान सुरु



काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाशदीपदान एवं तुलसीको विशेष पूजा आराधना आजदेखि सुरु भएको छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीपदान गरेमा सौभाग्य, सम्पत्ति एवं श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ । आकाशदीपदान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ । आकाशदीपदान भगवान् विष्णुलाई समर्पण गरी बाल्ने गरिन्छ । कार्तिक स्नान बिहान सूर्योदयअघि गरिन्छ भने आकाशदीपदान साँझ गरिन्छ ।

आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक शुक्ल पूर्णिमासम्म कार्तिक स्नान गरी घरघरमा विशेषरुपमा तुलसी पूजा गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । तुलसीको विशेष पूजा सूर्योदयअघि नै गरिसक्नुपर्ने मान्यता छ । आश्विन शुक्ल पूर्णिमादेखि कार्तिक स्नान गरे महापातकबाट पनि मुक्त भइने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए ।

कार्तिक स्नान गर्नेले आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म दुई दल भएका मास, मुगी, मुसुरो, चना, भटमास आदि अन्न खान नहुने शास्त्रीय मान्यता छ । यस अवसरमा आज स्वयम्भू चैत्यमा महादीप दान समेत गरिएको छ ।

आश्विन शुक्ल पूर्णिमाकै दिन मनाइने कोजाग्रत पूर्णिमा भने सोमबार राति नै मनाइएको थियो । मध्यरातमा पूर्णिमा भएका दिन कोजाग्रत र सूर्योदय एवं सायंकालमा पूर्णिमा भएका दिन पूर्णिमा व्रत, कार्तिक स्नान, आकाशदीपदान र तुलसीको विशेष पूजा आराधना सुरु गर्नुपर्ने शास्त्रीय वचन रहेको समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ८ : ४५ बजे

आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि

इलाममा बोलेरो जीप दुर्घटना, चालकको मृत्यु

इलाम । आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना

‘नेपाली क्रिकेट अमर रहोस्’ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को