१४ भदौ २०८३, आइतबार | August 30, 2026

सरकारको मुख्य कार्यादेश निर्वाचन गराउनु हो : सञ्चारमन्त्री खरेल



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट निर्मित वर्तमान सरकारको मुख्य कार्यादेश सबै राजनीतिक दल र जनताको सहभागितामा तोकिएको समयावधिमा प्रतिनिधिसभाको निर्वाचन गराउनु रहेको बताएका छन् ।

राष्ट्रिय समाचार समिति केन्द्रीय कार्यालयको आज अवलोकन भ्रमणपछि आयोजित कार्यक्रममा मन्त्री खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनको वातावरण बनाउन सबैसँग आग्रह गरे। निर्वाचन गर्ने सन्दर्भमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्कीबाट प्रतिबद्धता आइसकेको स्पष्ट पार्दै निर्वाचनको वातावरण निर्माण गर्न महत्त्वपूर्ण भुमिका हुने सञ्चार जगतबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।

“यो जेनजी आन्दोलनको जग, सबै राजनीतिक दल र जनताको चाहनामा बनेको सरकार हो । निर्वाचनमा जाने सबै दल र जनताको चाहना छ । यसै क्रममा निर्वाचन आयोगबाट कार्यतालिका प्रकाशन भइसकेको छ ।

निर्वाचनको वातावरण बनाउन राससले पनि भूमिका खेल्नेछ भन्ने मैले विश्वास लिएको छु”, सरकारका प्रवक्तासमेत रहेका मन्त्री खरेलले भने, “यो सरकारसँग निर्वाचनका साथै सुशासन कायम, भ्रष्टाचारको अन्त्य र जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिमाथिको छानबिन र कारबाही एवं प्राकृतिक विपद्पछिको राहत र पुनःस्थापना पनि ‘म्याण्डेट’ रहेको छ । त्यो पूरा गर्न सरकार प्रतिबद्ध छ ।” उनले आसन्न निर्वाचनको वातावरण तयार गर्न प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजनीतिक दलहरुसँग संवाद भइरहेको उल्लेख गरे ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  १२ : १९ बजे

एसिसी प्रिमियर कप : उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

काठमाडौं । तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा

भोटेकोशीमा बाढीको जोखिमपछि बन्द काठमाडौं-मुग्लिन सडक पुनः सञ्चालन

काठमाडौं । भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना आएपछि करिब

भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ

रसुवा । भोटेकोशी नदीमा आज बिहान पुनः आएको बाढीका कारण

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ । उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा

भोटेकोशी बाढी : २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका