८ पुस २०८२, मंगलबार | December 23, 2025

लिची बगान जग्गा प्रकरण : दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । पोखराको लिची बगान जग्गा घोटालासँग जोडिएको घुस डिल प्रकरणमा दुई पूर्वमन्त्रीसहित सात जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले बुधबार विशेष अदालतमा एमाले नेता तथा पूर्वमन्त्री राजकुमार गुप्ता र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको हो।

गुप्ता र श्रेष्ठबाहेक अन्य पाँच जना बिचौलिया रहेको आयोगले जनाएको छ, तर उनीहरूको नाम भने हालसम्म सार्वजनिक गरिएको छैन।

बुधबार अख्तियारको टोली उनीहरूविरुद्धको मुद्दा लिएर विशेष अदालत पुगेको थियो।

घुस डिलसम्बन्धी श्रव्य सामग्री सार्वजनिक भएपछि अख्तियारले यो घटनाको अनुसन्धान अघि बढाएको थियो। उक्त सामग्रीमा बिचौलियाले पूर्वभूमिसुधारमन्त्री तथा एमाले नेता बलराम अधिकारीको नाम समेत लिएका थिए। अधिकारीमाथिको अनुसन्धान भने अझै जारी रहेको अख्तियार स्रोतले जनाएको छ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ३ : २० बजे

महान्यायाधिवक्ता कार्यालयले न्याय प्रणालीलाई प्रभावकारी बनाउँदै लगेको छ : प्रधानन्यायाधीश

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले महान्यायाधिवक्ता कार्यालयले फौजदारी न्याय

कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसोसम्म

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको समय भोलि दिउँसो

पाँच महिनामा साढे छ खर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्म मुलुकले

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक